मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

आहा ! काठमाडौंबाट देखिएका हिमालका मनमोहक दृश्य

आहा ! काठमाडौंबाट देखिएका हिमालका मनमोहक दृश्य

साझा पोष्ट
आइतबार, असोज ३० २०७९
  • images
    आहा ! काठमाडौंबाट देखिएका हिमालका मनमोहक दृश्य
    images

    काठमाडौं । दसैँ सकिएर तिहार, छठलगायत पर्व नजिकिँदै छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ। 


    images
    images

    करिब दुई साताको लगातार वर्षा पछि नेपालबाट मनसुन बाहिरिएको छ ।  मौसम खुलेपछि उपत्यकाका डाडाँ र उत्तरी क्षेत्रमा देखिने हिमश्रृङ्खलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ।

    Himal_From_Ktm (6)1665913122.jpg

    आज बिहान नयाँ बानेश्वर, काठमाडौंबाट देखिएको हिमाल, तस्बिर : पवनराज पौडेलको ट्वीटरबाट

    मौसमखुलेसँगै उपत्यका आसपास र प्रमुख गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । पछिल्ला दिनमा काठमाडौँलगायत देशभर मौसम सफा रही आकाश खुलेको छ । आकाश खुलेर पारिलो घाम लागेपछि काठमाडौंबाट देखिने हिमालहरु टल्ककै टल्केका छन् । 

    Himal_From_Ktm (1)1665913480.jpg

    काठमाडौंबाट देखिएको हिमाल, तस्बीर सौजन्य विनय गुरागाँईको ट्वीटरबाट

    चार दिनयता उपत्यकाको मौसम खुलेकाले धुलिखेल, नगरकोट, चन्द्रागिरी, जरसिंहपौवा, सुन्दरीजल, शिवपुरी, चोभारलगायत स्थानको रौनकता थप सुन्दर बनेको छ । 

    Himal_From_Ktm (2)1665913801.jpg

    तस्बिर: अर्जुन पोखरेलको ट्वीटरबाट 

     

    Himal_From_Ktm (5)1665913630.jpg

    Himal_From_Ktm (4)1665913626.jpg

    Himal_From_Ktm (3)1665913616.jpg

    तस्बीर सौजन्य: असोक दाहालको ट्वीटरबाट

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार