शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

भारतबाट सयपत्री फूलको आयातमा प्रतिबन्ध, जावलाखेलमा नेपाली पुष्प मेला (फाेटो फिचर)

भारतबाट सयपत्री फूलको आयातमा प्रतिबन्ध, जावलाखेलमा नेपाली पुष्प मेला (फाेटो फिचर)

काठमाडौं । सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा झन्डै ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसोसिएशनले जनाएकाे छ । 

साझा पोष्ट
बिहीबार , कात्तिक ३ २०७९
  • images
    भारतबाट सयपत्री फूलको आयातमा प्रतिबन्ध, जावलाखेलमा नेपाली पुष्प मेला (फाेटो फिचर)
    images

    काठमाडौं । सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा झन्डै ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसोसिएशनले जनाएकाे छ । 


    images
    images

    आजदेखि ललितपुरको जावलाखेलमा सुरु भएको १५ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रममा बोल्दै फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताए । 

    उनले नेपाल अहिले फूलमा ९० प्रतिशत आत्मनिर्भर भएको बताउनुभयो । विगतका वर्षहरूमा तिहारमा सयपत्री फूल भारतका विभिन्न नाकाबाट आयात हुने गरेको भए पनि यो वर्ष रोक लगाएको उनको भनाइ छ । 

    flowers_mela (5).jpg'_'.2022-10-201666265908.jpg

    यसैबीच ललितपुरको जावलाखेलमा १५औँ गोदावरी पुष्प मेला सुरु भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने मूल नाराका साथ आजदेखि आगामी चार दिनसम्म फूलको प्रतियोगिता तथा प्रदर्शनी व्यापार मेला सुरु भएको हो।

    flowers_mela (8).jpg'_'.2022-10-201666265925.jpg

    मेलाले गोदावरीलगायत विभिन्न फूलको व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा सघाउ पुर्‍याउने एसोसिएसनले जनाएको छ। मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष छन्।

    flowers_mela (11).jpg'_'.2022-10-20 (1)1666265943.jpg

    तिहारको पाँच दिनमा झन्डै २० लाख सयपत्री, सवा चार लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने एसोसिएशनको अनुमान  छ । 

    flowers_mela (11).jpg'_'.2022-10-201666265958.jpg

    flowers_mela (14).jpg'_'.2022-10-201666265974.jpg

    GG2A5253_yPLzooZgvN1666266190.jpg

    GG2A5254_hWFMi3hvWR1666266206.jpg

    GG2A5257_RPhMvNeL081666266222.jpg

    GG2A5266_XtTelPxvUP1666266239.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार