शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

पर्यटक लोभ्याउँदै पाल्पाको तालपोखरा (फोटो फिचर)

पर्यटक लोभ्याउँदै पाल्पाको तालपोखरा (फोटो फिचर)

पाल्पा । पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ ।  बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाईमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो । फेवा तालको भल्को मेटाउने तालपोखरा दुई दशक अगाडिसम्म सानो पोखरीमा सिमित थियो । 

साझा पोष्ट
शुक्रबार, कात्तिक ११ २०७९
  • images
    पर्यटक लोभ्याउँदै पाल्पाको तालपोखरा (फोटो फिचर)
    images

    पाल्पा । पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ । 


    images
    images

    बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाईमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो । फेवा तालको भल्को मेटाउने तालपोखरा दुई दशक अगाडिसम्म सानो पोखरीमा सिमित थियो । 

    Talpokhara (5)1666938485.jpg

    तालपोखरालाई क्षेत्र बिस्तार गरी कास्कीको फेवा तालको स्वरुप र शैलीमा पूर्वाधार निर्माण गरिएसँगै यतिबेला तालपोखरामा जाने पर्यटकको उल्लेख्य वृद्धि हुन थालेको छ । तालपोखरालाई लुम्बिनी प्रदेश सरकारले एक सय पर्यटकीय गन्तव्य स्थलका रुपमा घोषणा गरेपछि यहाँ पर्यटकको चहलपहल अझ बढेको स्थानीयको भनाइ छ ।

    Talpokhara (4)1666938507.jpg

    राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरलेसमेत दाहिने परेको यस तालमा पाल्पासहित छिमेकी जिल्लाहरु रुपन्देही, स्याङ्जा, तनहुँ, पूर्वीनवलपरासी लगायत जिल्लाहरुबाट अवलोकनको लागि पर्यटकहरु पुग्ने गरेको बताउँछन् आन्तरिक पर्यटक सागर भुसाल । उनले तालपोखराको अझै प्रचार हुनसके धेरै पर्यटकहरु लोभ्याउने बताए । 

    Talpokhara (8)1666938525.jpg

    स्थानिय सरकारलेसमेत पर्यटन प्रवर्धनका लागि डुंगा दौड प्रतियोगिता समय समयमा सञ्चालन  गर्दै आएको छ । तीन वर्ष कोभिडका कारण थला परेको पर्यटन व्यवसाय पछिल्लो समयमा सर्वसाधारणलाई खुला गरिएपछि आन्तरिक पर्यटकको मुख्य रोजाईमा तालपोखरा परेको व्यवस्थापन समितिका सचिव सुनिल देवकोटाले बताए । 

    Talpokhara (1)1666938549.jpg

    तीन तहकै सरकार र पर्यटन बोर्डलेसमेत अबका दिनमा हातेमालो गरेर अगाडि बढेमा विदेशी पर्यटकको अध्ययन र अवलोकनको मुख्य गन्तव्य ताल पोखरा बन्नेसचिव सापकोटाको भनाइ छ । उनले तालपोखराले विदेशी मुद्रालाई सहज ढंगबाट स्वदेशमा भित्र्यााउन टेवा पु¥याउने बताए । 

    Talpokhara (4)1666938507.jpg

    Talpokhara (3)1666938596.jpg

    Talpokhara (6)1666938626.jpg

    Talpokhara (8)1666938646.jpg

    Talpokhara (9)1666938668.jpg

    -न्यूज एजेन्सी नेपाल

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार