बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

करोडौं खर्चेर बनाइएको पार्क झाडीमा परिणत हुँदै (हेर्नुहोस् १० तस्बीरमा)

करोडौं खर्चेर बनाइएको पार्क झाडीमा परिणत हुँदै (हेर्नुहोस् १० तस्बीरमा)

रौतहट । करोडौं रुपैयाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका २ मा रहेको शहीद स्मृति पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ । संरक्षण र प्रवर्धनको अभावमा पार्क र त्यहाँका संरचनाहरु दिनदिनै  जीर्ण हुँदै गइरहेका हुन् । पार्कमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने लक्ष्य अहिले लक्ष्यमा नै सिमित भएको छ । 

साझा पोष्ट
शुक्रबार, कात्तिक ११ २०७९
  • images
    करोडौं खर्चेर बनाइएको पार्क झाडीमा परिणत हुँदै (हेर्नुहोस्  १० तस्बीरमा)
    images

    रौतहट । करोडौं रुपैयाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका २ मा रहेको शहीद स्मृति पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ । 


    images
    images

    संरक्षण र प्रवर्धनको अभावमा पार्क र त्यहाँका संरचनाहरु दिनदिनै  जीर्ण हुँदै गइरहेका हुन् । पार्कमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने लक्ष्य अहिले लक्ष्यमा नै सिमित भएको छ । 

    Sahid_Park_Rautahat (7)1666942506.jpg

    वनटोल महिला सामुदायिक वनको करिव १४ रोपनी क्षेत्रफलमा फैलिएको सो शहीद स्मृति पार्क अहिले झाडीले ढाकिएको छ । पार्कका घुम्ने स्थानमा जताजतै झाडी र फोहोर हुँदा अहिले पर्यटकको आवागमन शुन्य बराबर छ । 

    पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको सो पार्क पिकनिक खाने, घुम्ने पर्यटकहरुको लागि नभई लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुको लागि पनि एकछिन सुस्ताउने राम्रो गन्तव्य बन्ने प्रचुर सम्भावना थियो । 

    Sahid_Park_Rautahat (3)1666942408.jpg

    त्यसैगरी चन्द्रपुरका स्थानियलाई मर्निङ वाक गर्न, बालबच्चा घुमाउन, हरियालीमा समय बिताउन पनि पार्क महत्वपूूर्ण हुनसक्ने स्थानीय प्रह्लाद गौतमको भनाइ छ । जताजतै उम्रिएको घाँस र फोहरले गर्दा पार्कमा जान कसैको रुचि नहुने गरेको उनले बताए । 

    सो पार्कमा हाल शहीद स्तम्भ, ४ वटा पोखरी, चिल्ड्रेन पार्क, चौतारा लगायतका संरचनाहरु छन् । पार्कभित्र रहेको पोखरी अहिले झाडीले पुरिएको छ । पोखरीलाई सफा गरेर माछा पालनसँगै डुङ्गा सञ्चालन गर्नसके पर्यटकको आकर्षण बढ्नसक्ने स्थानियहरु बताउँछन् ।

    Sahid_Park_Rautahat (4)1666942429.jpg

    निमार्ण अवधिदेखि नै पार्कको स्वामित्वमा विवाद आइरहेको छ । सो पार्कको व्यवस्थापन हाल शहीद स्मृति पार्क व्यवस्थापन समितिले गर्दै आइरहेको छ । तर वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहले भने आफ्नो वन क्षेत्रमा पर्ने भएकाले आफूहरुको त्यसमा निर्विवाद स्वामित्व हुनुपर्ने दाबी गरिरहेको छ । 

    Sahid_Park_Rautahat (5)1666942443.jpg

    कोरोनाकालमा पार्कमा रहेका संरचनाहरुलाई थपघट गरेर आइसोलेसन निमार्ण गरिएको थियो । पार्कमा शुरुवाती लगानी बाहेक हालसम्म राज्यका कुनकुन निकायको के कति लगानी भइसकेको छ भने स्पष्ट तथ्याङ्क कसैसँग पनि छैन । केही व्यक्ति र समूहले सो पार्क देखाएर बजेट ल्याउने र खाने भाडो बनाउने माध्यम बनेको स्थानियको आरोप छ । 

    Sahid_Park_Rautahat (6)1666942486.jpg

    यता स्थानिय सरकार भने स्वामित्वको विवादले गर्दा आफूहरुले त्यसमा चाहेर पनि केही गर्न नसकेको बाध्यता रहेको बताउँछ । चन्द्रपुर २ का अध्यक्ष दुक्तबहादुर थिङ पार्क कसको स्वामित्वमा रहने भन्ने विवादका कारण कुनैपनि काम हुन नसकेको बताए । 

    Sahid_Park_Rautahat (2)1666942379.jpg

    Sahid_Park_Rautahat (8)1666942563.jpg

    Sahid_Park_Rautahat (9)1666942589.jpg

    Sahid_Park_Rautahat (10)1666942605.jpg

    -न्यूज एजेन्सी नेपाल

     


     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार