बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

एउटा जिद्दी डाक्टरको व्यवहारले बदलेको सरकारी अस्पताल

एउटा जिद्दी डाक्टरको व्यवहारले बदलेको सरकारी अस्पताल

साझा पोष्ट
आइतबार, कात्तिक १३ २०७९
  • images
    एउटा जिद्दी डाक्टरको व्यवहारले बदलेको सरकारी अस्पताल
    images

    सुनसरी/ एजेन्सी । कुनैबेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ । 


    images
    images

    जिल्ला अस्पताल सुनसरीले आफ्नो धुमलिँदो छविलाई सुधार्दै सेवा प्रवाहलाई प्राथमिकता दिएसँगै अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको हो । जहाँ एका बिहानै पूर्जा काटेर पालो पर्खनेको भीड थामी नसक्नु छ । 

    पालो कुरेरै भएपनि उपचार गराउनेको संख्या दिनादिनै बढ्दो छ । लामो समय स्वार्थगत राजनीति र आर्थिक अनियमितता बाहेक नचाहनेहरुको चङ्गोलबाट उम्कन नसकेको इनरुवा अस्पतालबाट यतिबेला भने सेवाग्राहीले परिवर्तनको अनुभुति गर्न पाएका छन् । 

    Devraj_Ghimire1667109711.JPG

    स्रोत साधनको उपलब्धताको आधारमा अस्पतालले २४ सै घण्टा विशेषज्ञ डाक्टर सहितको सेवा थालेसँगै अस्पताल प्रतिको आम सर्वसाधारणको धारणा समेत बदलिएको छ । अस्पतालको सेवाप्रति विश्वास जगाएको छ । 

    जसको पछाडी एक जिद्दी डाक्टरको भुमिका महत्वपूर्ण रहेको स्थानीय बताउँछन् । नाम, बदनाम अनि गुमनाम बन्न पुगेको अवस्थाबीच कार्यक्षेत्र रोजेर आएका डाक्टर देवराज घिमिरेको जिद्दीपनले नै यतिबेला अस्पताल कायापलट भएको हो । 

    डाक्टर घिमिरेको साथमा यतिबेला सारा गाउँ नै लागिपरेको बताउछन्, सञ्चारकर्मी राजेन्द्र पोखरेल । डाक्टर घिमिरेले आफ्नो जिद्दीपना त्यागेको भए अस्पतालको दुरावस्था यतिबेला पनि रहिरहने पोख्रेलको भनाइ छ । उनले हरेक क्षेत्रमा सुधारको लागि हठी र सन्की मान्छेको आवश्यक पर्ने कुरा महशुस गरेको बताए । 

    त्यस्तै सामाजिक अभियन्ता विनिता दाहालको अनुभव पनि उस्तै छ । अस्पतालमा बिरामीको चाप बढ्दै जानुमा अस्पताल सुविधा सम्पन्न हुँदै जानु र चिकित्सकको पर्याप्तता, सरल र सहज सेवा प्रवाह प्रमुख कारकका रुपमा हेरिएको दाहालले बताइन् । 

    कुनै सयम औषधि खरिद लगायत प्रशासनिक खर्च अपार्दर्शीता जस्ता आर्थिक अनियमिततामा रुमल्लिएको अस्पतालले यतिबेला मासिक ५० लाखभन्दा बढी आम्दानी गरिरहेको छ । यतिबेला इको, इसीजी, इन्डोस्कोपी, मुटु, हाडजोर्नी, स्त्री तथा प्रसूति, मानसिक रोग तथा दाँतको विशेषज्ञ सेवा लिनको लागि सर्वसाधारण इनरुवा अस्पताल पुग्ने गरेका छन् । जसले अस्पताल प्रतिको विश्वसनियता दर्शाएको सहजै अनुभुति गर्न सकिन्छ । 

    जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डा देवराज घिमिरेले जिद्दी डाक्टरको रुपमा आफू चिनिएपनि आफूले स्वास्थ्य सेवा नागरिकले पाउनका लागि २४सै घण्टा अस्पताल खुल्नुपर्ने माग गर्दै आएको बताए । सबै उपचार अस्पतालमा नै हुनुपर्छ र नागरिकले सहज उपचार पाउनुपर्छ भन्नेकुरामा आफू जिद्दी रहेको डा घिमिरेको भनाइ छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार