Sajha Post
माओवादीको चुनावी गीतमा बद्री पंगेनी (भिडियोसहित)

काठमाडौं । चर्चित लोक गायक बद्री पंगेनीले माओवादीको चुनावी गित ‘अघि अघि प्रचण्ड’ बोलको गीत गाएका छन् । प्रचण्डकी नातिनी स्मिता दाहालसँग मिलेर पंगेनीले गाएको गीत आज सार्वजनिक गरिएको हो ।

पाँच वर्षअघि रिलिज भएको ‘मैं पनि एमाले’ गीत गाउँदा बद्री पंगेनीलाई एमाले निकट गायक भनिएको थियो । उक्त गित निकै चर्चित भएको थियो । अहिलेको गितको शब्द संगित पनि उनै सर्जकले गरेका छन् जसले ‘सैं पनि एमाले’ गीत सृजना थिए ।

दुवै गीतका सर्जकले आफ्नो नाम छोटकरीमा इएनबी राखेका छन् । कलाकार सबै पार्टीको हुने र व्यवसायिक हिसाबले आफुले सबैका गीत गाउने गायक पंगेनीको प्रतिक्रिया छ ।

हेर्नुहोस गीत: 

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update