शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

नेपाल चिनाउन अष्ट्रेलियाको सिडनीमा 'नेपाल महोत्सव' हुँदै

नेपाल चिनाउन अष्ट्रेलियाको सिडनीमा 'नेपाल महोत्सव' हुँदै

नेपालको समग्र प्रतिनिधित्व गराउने खालको भाषा संस्कृति, पहिरन, खाना अनि धार्मिक महत्वका विषयवस्तुले नेपाल महोत्सवलाई विशेष र अलग बनाएको त्यहाँ बस्ने नेपालीले बताएका छन् । जसले गर्दा नेपाली कला, संस्कृति जोगाउने सबैभन्दा ठूलो र महत्वपूर्ण इभेन्ट भनेको नै नेपाल महोत्सव भएको कुँवरले बताए ।

साझा पोष्ट
बिहीबार , कात्तिक १७ २०७९
  • images
    नेपाल चिनाउन अष्ट्रेलियाको सिडनीमा 'नेपाल महोत्सव' हुँदै
    images

    काठमाडौं । अष्ट्रेलियाको सिडनीमा आगामी नोभेम्बर १९ मा 'नेपाल महोत्सव'  हुने भएको छ।  महोत्सवलाई भव्य र व्यवस्थितरुपमा सम्पन्न गर्न सिडनीबासी, आसपासमा रहेका नेपाली संघसंस्था र सिंगो नेपाली समुदाय तीव्र तयारीमा जुटेको छ । 


    images
    images

    महोत्सवमा नेपाली मौलिक नृत्य,  लाइभ म्युजिक, बहुसांस्कृितक प्रस्तुतीहरु, नेपाली खाना लगायत विभिन्न परिकार र मनोरञ्जनात्मक कार्यक्रम राखिएको छ । 

    लकडाउन पछिको पहिलो ठूलो कार्यक्रम र चार वर्षको अन्तरालमा हुन लागेको नेपाल महोत्सवले अस्ट्रेलियाको नेपाली समाजलाई उत्साहित बनाएको छ । 

    नेपाललाई अस्ट्रेलियामा चिनाउने र नेपाली कला, संस्कृति तथा नेपाली मौलिकपन दोस्रो पुस्तामा हस्तान्तरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरिएकाे गैर आवासीय नेपाली संघ (एनएसडब्लु) अष्ट्रेलियाका सचिव बिनोद कुँवरले जानकारी दिए । 

    242110037_4239352909446789_1903971389759110477_n1667386948.jpg
    एनएसडब्लु अष्ट्रेलियाका सचिव बिनोद कुँवर

    अघिल्ला वर्षमाभन्दा यो वर्ष सहभागिता धेरै हुने आयोजकको अपेक्षा छ । सचिव कुँवरले 'नेपाल महोत्सव सिडनी २०२२' केवल पर्यटन प्रर्वधनका लागि मात्र नभई, नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध, अष्ट्रेलियामा हुर्किरहेको नयाँ पुस्ताका लागि आफ्नो मौलिक परिचय दिलाउने अवसरका रुपमा पनि रहेको बताए  । 

    विशेष गरी नेपाल फेस्टिवल सिडनीको सबैभन्दा ठूलो इभेन्ट भएको हुँदा माहोल एकदमै उत्साहजनक रहेको कुँवरको भनाइ छ ।

    ‘आयोजक टिमका तर्फबाट पनि साथीहरुले सबैसँग हातेमालो गर्दै आ–आफ्नो बिधामा कार्य गरिरहेका छन्, यो हातेमालोमा व्यवसायिक संस्थाको पनि साथ पाएका छौं, कुँवरले भने, ‘महोत्सवलाई सफल बनाउन सबै लागिरहेको देख्दा साँच्चै नेपालीको ठूलो पर्व आएको जस्तो लागिरहेको छ।’

    नेपालको समग्र प्रतिनिधित्व गराउने खालको भाषा संस्कृति, पहिरन, खाना अनि धार्मीक महत्वका बिषयबस्तुले नेपाल महोत्सवलाई बिशेष र अलग बनाएको त्यहाँ बस्ने नेपालीले बताएका छन् । जसले गर्दा नेपाली कला, संस्कृति जोगाउने सबैभन्दा ठूलो र महत्वपूर्ण इभेन्ट भनेकै नेपाल महोत्सव भएको कुँवरले बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार