बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

‘लाखेले विदेशी फिल्मलाई पछार्छ’

‘लाखेले विदेशी फिल्मलाई पछार्छ’

साझा पोष्ट
बिहीबार , कात्तिक १७ २०७९
  • images
    ‘लाखेले विदेशी फिल्मलाई पछार्छ’
    images

    काठमाडौं । नेपाली चलचित्र लाखेको प्रिमियर शो भएको छ । बुधवार काठमाडौंको एक सिनेमा हलमा प्रिमियर देखाइएको हो । प्रिमियर शोपछि रंगपत्रकारहरुसँग कुरा गर्दै अभिनेता अनुपविक्रम साहीले नेपालीहरुले मन लगाएर लाखे हेर्ने हो भने विदेशी चलचित्रलाई पछार्ने दाबी गरेका छन् । 


    images
    images

    उनले चलचित्र एकदमै राम्रो बनेको भन्दै सबै दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताए । त्यस्तै अभिनेत्री वर्षा राउतले चलचित्र सोचेको भन्दा पनि राम्रो रहेको दाबी गरिन् । चलचित्रले दर्शकको मन जित्नेमा आफू आशावादी रहेको राउतको भनाइ थियो । 

    चलचित्रमा अनुपविक्रम साही, वर्षा राउत, सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, प्रशान्त ताम्राकार, सुशील सिटौला, रोहित रुम्बा, कालु राणा, सन्जोग राणा, रक्षा बुढाथोकी, सिस्टम भण्डारी लगायतको अभिनय रहेको छ । 

    सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहेका छन् । निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । 

    सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा दीपक बज्रचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी र सम्राट बस्नेतकै द्वन्द्व निर्देशन रहेको छ । चलचित्र भोलि शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार