Sajha Post
कर्णली किनारमा तीन जिल्लाका सुरक्षा प्रमुखको बैठक
nepatop

सुर्खेत । कर्णाली नदीको किनारमा तीन जिल्लाका सुरक्षा प्रमुखहरुको चुनाव केन्द्रित बैठक बसेको छ। कर्णाली प्रदेशका दैलेख र कालिकोट तथा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका सुरक्षा प्रमुखहरुको समन्वय बैठक बसेको हो। 

बैठक दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा बसेको हो । दैलेखको आठबीस नगरपालिका–४ राकमकर्णालीस्थित कर्णाली किनारमा बसेको बैठकमा आगामी निर्वाचन, विपद् व्यवस्थापन लगाएतका विषयमा केन्द्रित रहेको बुझिएको छ।  

बैठकमा दैलेख, कालिकोट र अछाम जिल्लामा सञ्चालित ठूला योजनाहरुको सुरक्षा सवाल, विपद् व्यवस्थापन, कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गमा सहज सवारी आवागमन, सडक दुर्घटना न्यूनीकरण, चोरी निकासी नियन्त्रण लगाएतका विषयमा पनि छलफल भएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update