शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

अफ्रिकन स्वाइन फिभर नेपालका १३  जिल्लामा फैलियो

अफ्रिकन स्वाइन फिभर नेपालका १३  जिल्लामा फैलियो

अफ्रिकन स्वाइन फिभर बंगुर/सुँगुर प्रजातिका जनावरमा हुने महामारीजन्य रोग हो । यो रोगको संक्रमण भएका जनावरमा मृत्युदर १०० प्रतिशतसम्म हुन्छ । फिभर संक्रमित जनावरमा ४० देखि ४२ डिग्री सेल्सियससम्मको उच्च ज्वरो आउने, झोक्राउने, शरीरमा रगत जमेका राता धब्बाहरू देखिने, कानका टुप्पाहरूमा रगत जम्ने, खाना नखाने बान्ता गर्ने र केही दिनपछि मृत्यु हुने गर्दछ ।

साझा पोष्ट
बिहीबार , कात्तिक १७ २०७९
  • images
    अफ्रिकन स्वाइन फिभर नेपालका १३  जिल्लामा फैलियो
    images


    काठमाडौं । नेपालमा अफ्रिकन स्वाइन फिभर १३  जिल्लामा फैलिएको छ । पशु सेवा विभागको तथ्यांक अनुसार गत चैत देखि फैलिन सुरुभएको यो फिभर काठमाडौं आसपासका जिल्ला हुँदै पूर्वाञ्चल र सुदूरपश्चिम सम्मका १३ जिल्लामा फैलिइसकेको छ । अफ्रिकन स्वाइन फिभर बंगुर/सुँगुर प्रजातिका जनावरमा हुने महामारीजन्य रोग हो । यो रोगको संक्रमण भएका जनावरमा मृत्युदर १०० प्रतिशतसम्म हुन्छ ।  


    images
    images

    फिभर संक्रमित जनावरमा ४० देखि ४२ डिग्री सेल्सियससम्मको उच्च ज्वरो आउने, झोक्राउने, शरीरमा रगत जमेका राता धब्बाहरू देखिने, कानका टुप्पाहरूमा रगत जम्ने, खाना नखाने बान्ता गर्ने र केही दिनपछि मृत्यु हुने गर्दछ ।

    संक्रमित पशुको र्‍याल, रगत, मलमुत्र, दानापानी, संक्रमित खोरमा गएको मानिसले प्रयोग गरेका सामाग्रीहरूमार्फत एक अर्कामा यो संक्रमण सर्ने गरेको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार अफ्रिकन स्वाइन फिभर सुँगुर/बंगुर प्रजातिका लागि महामारीजन्य संक्रमण भएपनि मानिसमा भने सर्दैन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार