शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

काठमाडौं काँठ क्षेत्रका मनमोहक दृश्य (फोटो फिचर)

काठमाडौं काँठ क्षेत्रका मनमोहक दृश्य (फोटो फिचर)

साझा पोष्ट
शनिबार, कात्तिक १९ २०७९
  • images
    काठमाडौं काँठ क्षेत्रका मनमोहक दृश्य (फोटो फिचर)
    images

    काठमाडौं । यस वर्षको दशैँ झरीमै सकियो । त्यसपछिका केही दिन पनि मौसम पूर्णरूपले खुल्न सकेन । मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ । आकाश नीला देखिएका छन् ।  काठमाण्डौ उपत्यकाबाटै  विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिन थालेको छ ।


    images
    images

    F8E15F31-1143-48CA-8D05-B43238FC07DA1667625161.jpeg

    अन्य हिमश्रृङ्खलाको दृश्य पनि कम्ती मनमोहक छैनन् । प्रदूषणका कारण हत्तपत्त उपत्यकावासीले पनि खुलेको आकाश र हिमाल देख्न पाउँदैनन् । उपत्यकामा प्रदूषणले नढाकेसम्म देखिने हिमालका दृश्य प्रदूषण बढेसँगै बिस्तारै विलीन हुँदै जान्छन् ।

    E209CA14-A0F0-405D-A3C4-20A6CBE724AD1667624933.jpeg

    केही दिनयता काठमाण्डौको आकाश धुम्म हुँदै गइरहेको छ । भारतमा पराल पोलेको प्रदूषण काठमाण्डौको आकाशमा अड्किँदा त्यति खुल्न सकेको छैन । तर पनि धुवाँकै बीचमा काठमाण्डौको काँठ क्षेत्र आफ्नै पनमा रमाइरहेको देख्न सकिन्छ । काँठ क्षेत्र हिमालको काखमा लुकेको जस्तो देखिन्छ भने खेतमा पाकेको धानले झनै सुन्दरता थपेको छ काँठ क्षेत्रलाई ।

    2896924B-E5D6-4302-9302-7DBA53ADC2411667625479.jpeg

    उदाउँदो सूर्यले झनै काँठ क्षेत्रको सुन्दरतालाई बढाएको छ, हरियो बोटबिरुवाको आफ्नै सुन्दरता थपिएको छ । उदाउँदो घामसँगै किसान खेतबारीमा काम गर्न मस्त देखिन्छन्, चराचुरुङ्गीको सुरिलो आवाजले त झनै मन शान्त बनाउँछ ।

    AC8BBF69-7207-47D1-B1BF-E6CA83478D3B1667625106.jpeg

    A35D508F-C703-4EA8-9685-3EE6E0C0E6101667623822.jpeg

    F67917C7-667B-48AF-9650-A2386784DB041667623822.jpeg

    BEE99503-C6AC-4354-B7EE-7FB5972E26C51667624252.jpeg

    3518C993-7DA4-456A-A960-D68B7B460D151667624291.jpeg

    3AE75DB3-D21B-4144-88EC-30B2902FFE691667624335.jpeg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार