Sajha Post
नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा

एजेन्सी । बायु प्रदूषाणका कारण भारतका विभिन्न क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवारमा वायु प्रदुषणसँग सम्बन्धित रोग भएको एक अध्ययन देखाएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको सर्वेक्षणले  वायुको गुणस्तर सूचकाङ्कले गम्भीरतह पार गरेको देखाएको हो । 

सर्वेक्षणका निष्कर्षलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्ड दैनिकले छापेको समाचारअनुसार  नयाँदिल्ली र वरपरका क्षेत्रमा बसोबास गर्ने प्रत्येक पाँच परिवारमध्ये चारले प्रदूषण–सम्बन्धित रोगको शिकार भएको अनुभव गरिरहेको छन् । उनीहरूमध्ये १८ प्रतिशतले डाक्टर वा अस्पताल गएर रोगको निदान एवम् उपचार  खोजेका छन् । 

नोएडा, गाजियाबाद, गुरुग्राम र फरीदाबाद  नजिकका सामुदायिक सामाजिक सञ्जाल र स्थानीय समूहहरूसँगको सभागितामा गरिएको सर्वेक्षणमा १९ हजार जनालाई समेटिएको थियो । 

८० प्रतिशतले प्रदूषणका कारण धेरै समस्या सामना गरिरहेको बताए भने सात प्रतिशतले प्रदूषणबाट आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताएका थिए ।

machhapuchhre bank

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update