शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

तान्जानियामा विमान तालमा खसेर दुर्घटना हुँदा १९ जनाको मृत्यु

तान्जानियामा विमान तालमा खसेर दुर्घटना हुँदा १९ जनाको मृत्यु

दुर्घटनामा १९ जनाको मृत्यु र २६ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विमानमा ४३ जना सवार थिए। दारेसलामबाट उडेको विमान बुकोबा विमानस्थलको धावनमार्गमा अवतरण हुन नसकी तालमा खसेको थियो। स्थानीयवासी र माझीहरुले डुंगाको सहायताले तालबाट यात्रुहरुको उद्धार गरेका थिए।

साझा पोष्ट
सोमबार, कात्तिक २१ २०७९
  • images
    तान्जानियामा विमान तालमा खसेर दुर्घटना हुँदा १९ जनाको मृत्यु
    images

    एजेन्सी । तान्जानियामा विमान तालमा खसेर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। प्रेसिजन एयरको विमान बुकोबा शहरमा अवतरणको बेला भिक्टोरिया तालमा खसेको थियो। 


    images
    images

    दुर्घटनामा १९ जनाको मृत्यु र २६ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विमानमा ४३ जना सवार थिए।

    दारेसलामबाट उडेको विमान बुकोबा विमानस्थलको धावनमार्गमा अवतरण हुन नसकी तालमा खसेको थियो। स्थानीयवासी र माझीहरुले डुंगाको सहायताले तालबाट यात्रुहरुको उद्धार गरेका थिए।

    अफ्रिकाकै सबैभन्दा ठूलो भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार