शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

हिमालको 'भूत' अर्थात हिउँ चितुवा (तस्बिरसहित)

हिमालको 'भूत' अर्थात हिउँ चितुवा (तस्बिरसहित)

साझा पोष्ट
सोमबार, कात्तिक २१ २०७९
  • images
    हिमालको 'भूत' अर्थात हिउँ चितुवा (तस्बिरसहित)
    images

    काठमाडौं ।  अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका आकर्षका तस्बिर खिचेकी छन । 


    images
    images

    पावलोस्कीले अक्टोबर ८ तारिखमा आफ्नो क्यामेरामा कैद गरेका हिउँ चितुवाको फोटो  वेब पेजमा प्रकाशन गरेकी छन । आफ्नो वेवसाईटमा उनले 'घोस्ट अफ हिमालयाज' शीर्षकमा तस्बिर राखेकी छन।  

    पाँच हजार चार सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको फोटोग्राफर पवलोस्कीको आफ्नो वेबसाइटमा उल्लेख  छ । उनले वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएकी छन् । 

    फोटोग्राफर पावलोस्कीले गोरपशेकबाट बिहान ४ बजे हिँडेर आकर्षक फोटो कैद गर्न सकेको बताएकी छन । यसक्रममा उनले आफ्नो अनुभव पनि फेसबुकमा राखेकी छन ।  उनले लेखेकी छन:

    'मैले विश्वको सबैभन्दा मायालु जनावरमध्येको एक हिउँ चितुवाको तस्बिर लिनका लागि १०३ माइल (करिब १ सय ६६ किमी) को पैदल दूरी तय गरें । यहाँ मलाई मनपरेका तस्बीरहरु रहेका छन् ।

    अत्यन्तै चिसो एक बिहानी मैले आफ्नो निकोर ५ सय एमएम एफर४ लेन्सका साथ सगरमाथास्थित खुम्बु उपत्यका बाहिर निस्कँदै एउटा खाली खोंचको बरफको किनारालाई पछ्याउँदै थिएँ।

    १८ हजार फिट (५४८६ मिटर) मा मौसम अप्रत्याशित थियो । केही क्षणमै घामको बीच अत्यन्तै चिसोले लपेटिरहेको थियो ।

    यो उचाइ हिउँ चितुवा घुम्ने सीमा हो । तर, उपत्यकाको उत्कृष्ट दृश्य हेर्नको लागि मैले चढ्नुपर्थ्यो । मेरो क्यामेराको टेलिफोटो लेन्स हेर्दै, मैले माउन्ट पुमोरीको छाँयामा केही देखेँ । सुरुमा, मैले सोचे यो चट्टान हो । तर यो ठ्याक्कै मैले खोजिरहेको चिज थियो ।'

    chituwa 11667816395.jpg

    chituwa 21667816491.jpg

    chituwa31667816558.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार