मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

आज खग्रास चन्द्रग्रहण, नेपालबाट एक घण्टा २३ मिनेट देखिने

आज खग्रास चन्द्रग्रहण, नेपालबाट एक घण्टा २३ मिनेट देखिने

बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिने छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ ।  चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । कात्तिक २२ गते मङ्गलबार बिहान ८ बजेर ११ मिनेटदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । 

साझा पोष्ट
मंगलबार, कात्तिक २२ २०७९
  • images
    आज खग्रास चन्द्रग्रहण, नेपालबाट एक घण्टा २३ मिनेट देखिने
    images


    images
    images

    काठमाडौं । आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी  ५ बजेर ११ मिनेटमा  चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ  । 

    ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ५ बजेर १३ मिनेटमा  सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ । 
     
    बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिने छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । 

    चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । कात्तिक २२ गते मङ्गलबार बिहान ८ बजेर ११ मिनेटदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । 

    बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

    यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार