बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

यस्ता छन विश्वकप फूटबल हुने आठ वटा रंगशाला (तस्बिरसहित)

यस्ता छन विश्वकप फूटबल हुने आठ वटा रंगशाला (तस्बिरसहित)

साझा पोष्ट
मंगलबार, कात्तिक २२ २०७९
  • images
    यस्ता छन विश्वकप फूटबल हुने आठ वटा रंगशाला (तस्बिरसहित)
    images

    काठमाडौं । फिफा विश्वकप  २०२२ का लागि कतारले दर्शकलाई मोहित पार्ने फरक विशेषता बोकेका रंगशाला बनाएको छ । 


    images
    images

    सबै रंगशालामा सोलार प्यानल फर्मबाट विद्युतीय शक्ति नियन्त्रित गरिनेछ । गर्मीबाट राहत पाउनका लागि अत्याधुनिक चिस्यान प्रणाली जडान गरिएको छ । यद्यपि विश्वकप पहिलोपल्ट जाडो मौसममा हुँदैछ । 

    विश्वकप खेलिने आठ वटै रंगशाला दोहाबाट ३३ .७९ किलोमिटरको  दूरीमा  छन् । सबै रंगशालालाई मेट्रो र ट्राम प्रणालीमा जोडिएको छ । यसले गर्दा समर्थकले धेरैभन्दा धेरै खेल हेर्न पाउनेछन् । १२ दिनपछि शुरु हुने विश्वकपका खेल हुने रंगशाला कस्ता छन त ? जानौं :

    लुसेल रंगशाला (क्षमता: ८० हजार, खेल:फाइनलसहित १० )

    लुसेल रंगशाला विश्वकपको सबैभन्दा आकर्षक रंगशाला हो । यहाँ फाइनलसहित प्रमुख १० वटा खेल हुनेछन् ।  यसलाई प्रकाश र छायाँको परस्पर क्रिया रहने फेनर ल्यान्ट्रन विधिमा डिजाइन गरिएको छ । विश्वकपपछि यसका अधिकांश सिट निकालेर विकासशील देशलाई दान दिइनेछ । लुसेल सिटीमा  रहेको यो रंगशाला ३३ बिलियन पाउण्ड खर्चेर  यो रंगशाला यही वर्ष निर्माण सम्पन्न भएको हो ।  यसमा ८० हजार दर्शक अट्छन । Lusail-Stadium1667887501.jpg

    अल बेयट रंगशाला (क्षमता: ६० हजार, खेल: उद्घाटनसहित ८ )

    दोहाबाट सबैभन्दा टाढा रहेको अल बेयट रंगशालामा उद्घाटनसहित सेमिफाइनलसम्मका खेल हुनेछन् । परम्परागत अरब शैलीमा यसको डिजाइन गरिएको छ । यो रंगशाला अरब टेन्टजस्तै देखिन्छ जसलाई स्थानीय भाषामा बेयट अल सार भनिन्छ । गर्मीबाट जोगिन यो रंगशालामा पनि छत लगाइएको छ । यसको  दर्शक क्षमता ६० हजार छ  र ८ खेल हुनेछन ।  

    Al-Bayt-Stadium-1667887732.jpg

    खालिफा अन्तर्राष्ट्रिय रंगशाला (क्षमता: ४५ हजार ४१६, खेल: ८)

    कतारले विश्वकप आयोजनाको अधिकार पाउनुअघि कतारमा रहेको यो नै एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला हो । यसको निर्माण सन् १९७६ मा भएको थियो । यो नै कतारको राष्ट्रिय रंगशाला हो । विश्वकपका लागि यहाँ पनि ठूलो मात्रामा पुनर्निर्माण गरिएको छ ।

    यहाँ यसअघि एसियाली खेलकुद, खाडी कप र एएफसी एसियन कपको आयोजना भइसकेको छ । सन् २००९ मा यहाँ ब्राजिल र इंग्ल्याण्डबीच मैत्रीपूर्ण खेल भएको थियो । सन् २०१९ मा यही रंगशालामा क्लब विश्वकपको फाईनल भएको थियो ।  ४५ हजार ४१६ जना दर्शक अट्ने यो रंगशालामा ८ खेल हुनेछन । 

    Khalifa-International-Stadium1667888219.jpg

    अल जानोव रंगशाला (क्षमता: ४० हजार, खेल :७)

    अल बकराह रंगशालाका रुपमा परिचित यो रंगशालालाई परिस्कृत गरेर अल जानोव बनाइएको हो । यसको डिजाइन तटीय शहरको समुद्री विरासतलाई आधार मानेर गरिएको छ । यो रंगशालाको छानो स्वचालित हुनेछ । आवश्यक समयमा बन्द गरेर पनि खेल हुनेछ । अत्याधुनिक चिस्यान प्रणालीको जडानसँगै यहाँ चर्को गर्मीमा पनि मज्जाले फुटबल खेल्न र हेर्न सकिने बताइएकाे छ । यो रंगशाला ब्रिटिस–इराकी वास्तुकार दिव‌गत डेम जाहा हदिदले गरेकी हुन् ।

    सन् २०१६ मा हृदयाघातका कारण ६५ वर्षको उमेरमा उनको निधन भएको थियो । याे रंगशालाको प्रारम्भिक डिजाइन सार्वजनिक भएलगत्तै आलोचकहरुले यसको बाहिरी आकार महिलाको गुप्तांगजस्तो भएको टिप्पणी गरेका थिए । 

    तर  यस्तो टिप्पणीप्रति डेम आक्रोशत भएकी थिइन् । ‘यो वास्तवमै शर्मनाक हो । उनीहरु किन यस्ता वकबास कुरा गरिरहेका छन् । उनीहरु के कुरा भन्न खोजिरहेका हुन् ?’  उनले भनेकी थिइन्वि । विश्वकपका लागि बनाइएकाे रंगशालाको निर्माण २०१९ मै पूरा भएको हो सात वटा खेल हुने यो रंगशाला ४० हजार दर्शक क्षमताको छ । 

    Al-Janoub-Stadium1667888304.jpg

    अहमद विन अली रंगशाला (क्षमता: ४० हजार, खेल :७)

    यो रंगशालामा प्रिक्वाटरफाइनल सम्मका सात वटा खेल हुनेछन् । यो रंगशाला मरुमूभिबाट निकै नजिक छ । त्यसैले रंगशालाको बाहिरी क्षेत्र र व्यापारिक स्टलहरु मरुभूमिकै शैलीको बनाइएको छ । यसको नाम सुरुमा अल रेयान राखिएपनि पछि परिवर्तन गरेर अहमद विन अली राखिएको हो । यो कतारी संस्कृतिको प्रतिविम्व हो । रंगशालाको मुख्यद्वार नै कतारको प्रतिनिधित्व गर्ने गरी जटिल कौशलको प्रयोग गरिएको छ । जसले देशको प्रारम्भिक इतिहासदेखि व्यपारीकरण समेत झल्काउँछ । यो रंगशालामा ४० हजार दर्शक अटाउछन । 

    Ahmad-Bin-Ali-Stadium1667888480.jpg

    एजुकेसन सिटी रंगशाला (क्षमता: ४० हजार, खेल :८)

    यो रंगशाला विश्व चर्चित कतार फाउण्डेसनको हाताभित्र छ । ४० हजार दर्शक क्षमताको यो रंगशालामा क्वाटरफाइनलसम्मका आठ वटा खेल हुनेछन् । हिराको आकारमा डिजाइन गरिएको रंगशालालाई ‘मरुभूमिको हिरा’ उपनाम दिइएको छ । यसलाई दिनमा टल्किने र रातमा चम्किने गरी बनाइएको छ ।  विश्वकपपछि कतारको महिला टोलीले यसलाई घरेलु मैदानको रुपमा प्रयोग गर्नेछ ।

    Education-City-Stadium-1667888658.jpg

    अल थुमाना रंगशाला (क्षमता: ४० हजार, खेल :८ ) 

    यो रंगशालाको डिजाइन अरबी पुरुषहरुले लगाउने एक परम्परागत टोपी ‘गहफिया’ मा आधारित रहेर गरिएको छ । जसलाई कतारी वास्तुकार इब्राहिम अल जैदाले डिजाइन गरेका हुन् । यो रंगशालाको पनि आधा सिट निकालेर विकासशील देशलाई दान दिइनेछ । ८ वटा खेल हुने यो रंगशाला ४० हजार दर्शक क्षमताको छ । 

    Al-Thumama-Stadium1667889019.jpg

    स्टेडियम ९७४ (क्षमताः ४० हजार, खेल: ७ ) 

    स्टेडियम ९७४ विश्वकपका लागि ९७४ वटा कन्टेनरको प्रयोग गरी निर्माण गरिएको रंगशाला हो । यसमा सात वटा खेल हुनेछन । ४० हजार दर्शक क्षमताको यो रंगशला विश्वकपसँगै  पूर्ण रुपमा नष्ट गरिनेछ । ९७४ को उपस्थिति अस्थायी हुने भएपनि विभिन्न कारणले यसको स्मृति स्थायी हुने टिप्पणी गरिएको छ । 

    Stadium-9741667889291.jpg

     

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार