बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

एमाले उम्मेदवारलाई भोट मागेपछि गण्डकी प्रदेशका ऊर्जामन्त्री बर्खास्त 

एमाले उम्मेदवारलाई भोट मागेपछि गण्डकी प्रदेशका ऊर्जामन्त्री बर्खास्त 

साझा पोष्ट
मंगलबार, कात्तिक २२ २०७९
  • images
    एमाले उम्मेदवारलाई भोट मागेपछि गण्डकी प्रदेशका ऊर्जामन्त्री बर्खास्त 
    images

    पोखरा । गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका छन् । आगामी निर्वाचनमा एमालेको पक्षमा लागेर भोट मागेको भन्दै उनलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।


    images
    images

    मन्त्रिपरिषद्‍मा हेरफेर गरिएको पत्र मुख्यमन्त्री कार्यालयबाट प्रदेशप्रमुख पृथ्वीमान गुरुङसमक्ष पुगिसकेको छ । मन्त्री आचार्यलाई हटाउन मुख्यमन्त्रीले गरेको सिफारिस प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट स्वीकृत भइसकेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । 

    गोरखा–२ घर भएका आचार्यले आफूविरुद्ध मत मागेको भन्दै प्रचण्डले आचार्यविरुद्ध बाबुराम भट्टराईसमक्ष पनि गुनासो गरेका थिए । यो सूचना प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पनि पुगेपछि उनले गण्डकीका मुख्यमन्त्री पोखरेललाई भनेर हटाउन लगाएका हुन् । 

    सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले आचार्यलाई तुरुन्त हटाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भनेका थिए । तर मुख्यमन्त्री आफ्नै गृह जिल्ला पूर्वी नवलपरासी रहेका र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमेत चितवनस्थित घर गएकाले बर्खास्तीमा ढिलाइ भएको थियो । प्रदेशप्रमुख गुरुङ र मुख्यमन्त्री पोखरेल मंगलबार दिउँसो पोखरा आएलगत्तै मन्त्री आचार्यलाई हटाइएको हो ।

    तर आचार्यले भने आफूले कसैको पक्षमा भोट माग्ने  काम पनि नगरेको दावी गरेका छन् । आचार्य ०७४ सालको निर्वाचनमा नयाँ शक्ति पार्टीबाट गण्डकी प्रदेशसभामा विजयी भएका थिए । यसअघि आचार्यले नेपाल समाजवादी पार्टीका उम्मेदवार फणीन्द्र देवकोटाविरुद्ध बागी उम्मेदवारी दिएर पछि फिर्ता लिएका थिए । 

    गण्डकीमा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पुर्‍याउन नसकेर सरकार ढलेपछि कांग्रेस नेतृत्वमा सरकार बन्दा तत्कालिन जसपाबाट आचार्यले मन्त्री बन्ने मौका पाएका थिए ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार