बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

दुर्घटनामा परी प्युठान नगरपालिका –५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती ४३ वर्षिय बच्ची थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको प्युठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिए। गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको र बाँकी ६ जना जनाको बिजुवार अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

साझा पोष्ट
बुधबार, कात्तिक २३ २०७९
  • images
    प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते
    images

    प्यूठान । प्युठानमा गएराति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। अरु १२ जना घाइते भएका छन् ।


    images
    images

    जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर दुर्घटना भएको हो।

    दुर्घटनामा परी प्युठान नगरपालिका –५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती ४३ वर्षिय बच्ची थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको प्युठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिए।

    गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको र बाँकी ६ जना जनाको बिजुवार अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
     
    जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो । रातको समय भएकाले उद्धार कार्यमा कठिनाइ भएको स्थानीयले बताएका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार