बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

जब राजारानीमाथि अण्डा प्रहार भयो...

जब राजारानीमाथि अण्डा प्रहार भयो...

साझा पोष्ट
बिहीबार , कात्तिक २४ २०७९
  • images
    जब राजारानीमाथि अण्डा प्रहार भयो...
    images

    एजेन्सी । लण्डनको योर्क शहरको भ्रमणमा रहेका बेला राजा चाल्र्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ । राजारानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ । 


    images
    images

    राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले ‘यो देश दासको रगतले बनेको हो, नारा लगाएका थिए भने भीडले ‘भगवानले राजालाई बचाऊन् नारा लगाएको थियो । 

    राजा चाल्र्स नाराबाजीबाट प्रभावित भएनन् बरू उनी ‘फुटपाथमा छरिएका अण्डाका वरिपरि घुमिरहे । राजा चाल्र्स रानी क्यामिलासहित आफ्नी स्वर्गीय आमा रानी एलिजाबेथ द्वितीयको मूर्ति अनावरण गर्न योर्क भ्रमणमा थिए । 

    यसअघि महारानी एलिजाबेथको मृत्यु भएको केही दिनपछि स्कटल्याण्डको एडिनबरामा एक जना प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । उनले ‘राजतन्त्रको अन्त्य गर, लेखिएको प्लेकार्ड बोकेर राजा चाल्र्सको विरोध गरेका थिए । 

    बेलाइतका राजा राज्यको प्रमुख रहेका धेरै स्थानमा यदाकदा राजपरिवार र राजसंस्थाको विरोध भएको छ । सन् १९८६ मा न्युजिल्यान्डको राजकीय भ्रमणमा रहेकाबेला महारानी एलिजाबेथमाथि एक महिलाले अण्डा प्रहार गरेकी थिइन् ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार