शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्छः कार्यवाहक राष्ट्रपति पुन

समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्छः कार्यवाहक राष्ट्रपति पुन

कार्यवाहक राष्ट्रपति पुनले सरकारले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाए पनि मुलुकको व्यापारको अवस्था भने सन्तोषजनक नभएको भन्दै चिन्ता व्यक्त गरे। गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक तथ्याङ्क हेर्दा चीन तर्फको निर्यात निरन्तर घट्दो अवस्था रहेको भन्दै यस्तो हुनु नेपालको अर्थतन्त्रका लागि सकारात्मक सन्देश नभएको उनको भनाइ छ ।

साझा पोष्ट
बिहीबार , कात्तिक २४ २०७९
  • images
    समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्छः कार्यवाहक राष्ट्रपति पुन
    images

    काठमाडौं । 


    images
    images


    कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले आर्थिक, सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताएका छन् ।

    बिहीवार नेपाल–चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताए। 

    उनले नेपाल उत्पादित वस्तुमा आत्मनिर्भर भइ निर्यात वृद्धि गर्न नसकेसम्म मुलुक आर्थिक रुपमा समृद्धि हुन नसक्ने बताए । उनले नेपाली उत्पादित वस्तु चीनमा निर्यात बढाउनको लागि नेपाल–चीन उद्योग वाणिज्य संघ लगायतका संस्थाहरुले समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताए । 

    कार्यवाहक राष्ट्रपति पुनले सरकारले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाए पनि मुलुकको व्यापारको अवस्था भने सन्तोषजनक नभएको भन्दै चिन्ता व्यक्त गरे। गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक तथ्याङ्क हेर्दा चीन तर्फको निर्यात निरन्तर घट्दो अवस्था रहेको भन्दै यस्तो हुनु नेपालको अर्थतन्त्रका लागि सकारात्मक सन्देश नभएको उनको भनाइ छ ।

    उनले अल्पविकशित मुलुकबाट निर्यात हुने ९० प्रतिशत वस्तुहरुको भन्सार शुल्क शुन्य बनाउने चीनको नीति नेपालको लागि राम्रो अवसर हुनसक्ने बताए । उनले नेपालका मौलिक उत्पादनहरु चिनियाँ बजारमा निर्यात गर्नसके देशको अर्थतन्त्रको मुहार परिर्वतन हुने उल्लेख गरे । 

    कार्यवाहक राष्ट्रपति पुनले नेपाल एक चीन नीति प्रति संधै प्रतिवद्ध रहेको बताए । नेपाल र चीनबीच पुरानो सम्बन्ध रहँदै आएको भन्दै दुई वर्षअघि चीनका राष्ट्रपतिको नेपाल भ्रमण पश्चात चीनसँगको सम्बन्ध थप नयाँ उचाईमा पुगेको उनको भनाइ थियो । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार