बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

गुल्मी १ : पालैपालो चुनाव जित्दै आएका ज्ञवाली र भण्डारीमध्ये यो पटक कस्को पालो ?

गुल्मी १ : पालैपालो चुनाव जित्दै आएका ज्ञवाली र भण्डारीमध्ये यो पटक कस्को पालो ?

गुल्मी । गुल्मी १ का लागि नेपाली कांग्रेसका चन्द्र भण्डारी र प्रदीप ज्ञवाली पुरानै प्रतिस्पर्धी हुन्। यसपालि मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावमा पनि यो क्षेत्रमा उनीहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ। गुल्मी १ का मतदाताले उनीहरूलाई पालैपालो निर्वाचित गराएको इतिहास छ।

साझा पोष्ट
शुक्रबार, कात्तिक २५ २०७९
  • images
    गुल्मी १ : पालैपालो चुनाव जित्दै आएका ज्ञवाली र भण्डारीमध्ये यो पटक कस्को पालो ?
    images

    गुल्मी । गुल्मी १ का लागि नेपाली कांग्रेसका चन्द्र भण्डारी र प्रदीप ज्ञवाली पुरानै प्रतिस्पर्धी हुन्। यसपालि मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावमा पनि यो क्षेत्रमा उनीहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ। गुल्मी १ का मतदाताले उनीहरूलाई पालैपालो निर्वाचित गराएको इतिहास छ।


    images
    images

    २०५६ सालको चुनावमा ज्ञवालीले क्षेत्र नम्बर १ बाट कांग्रेसका चन्द्र केसीसँग प्रतिस्पर्धा गरेका थिए। त्यस निर्वाचनमा ज्ञवाली नै विजयी भए। त्यसपछि लगातार २०६४, ०७०, ०७४ र ०७९ सम्मको चुनावमा ज्ञवाली गुल्मी १ बाट लड्दै आएका छन्।

    यसअघिका तीन चुनावमा यस क्षेत्रका मतदाताले दुई पटक भण्डारी र एक पटक  ज्ञवालीलाई प्रतिनिधि चुनेका छन्। २०६४ सालको निर्वाचनमा ज्ञवालीले चुनाव जितेका थिए भने २०७० को निर्वाचनमा भण्डारी निर्वाचित भए । २०७४ को निर्वाचनमा ज्ञवाली चुनिएका थिए। २०७४ सालको चुनावमा ज्ञवालीले वाम गठबन्धनको साथ पाएका थिए। यसपटक भण्डारीलाई सत्ता गठबन्धनको साथ छ। 

    गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई सय ८८ मतदाता रहेका छन् । 

    गत स्थानीय तहको निर्वाचनमा तीनमा नेपाली कांग्रेस, दुईमा  नेकपा माओवादी केन्द्र र दुईमा एमाले विजयी भएको थियो । रेसुङ्गाको प्रमुख र उपप्रमुख, गुल्मी दरबारको अध्यक्ष र उपाध्यक्ष, कालीगण्डकीको अध्यक्ष र चन्द्रकोटको उपाध्यक्ष कांग्रेसले जितेको थियो । 

    छत्रकोटको अध्यक्ष र उपाध्यक्ष, सत्यवतीको अध्यक्ष र उपाध्यक्ष तथा रुरुक्षेत्रको उपाध्यक्षमा एमाले विजयी हुँदा रुरु क्षेत्रको अध्यक्ष, चन्द्रकोटको अध्यक्ष र कालीगण्डकीको उपाध्यक्षमा माओवादी केन्द्रले जितेको थियो । 

    यहाँ ५० वडा छन् । २३ वडाध्यक्षमा एमाले, २२ मा कांग्रेस र तीनमा माओवादी केन्द्र विजयी भएको थियो । राष्ट्रिय जनमोर्चा र स्वतन्त्र एक एकवटामा विजयी भएका थिए । 

    स्थानीय तहमा सत्ता गठबन्धनले ३८ हजार सात सय ६२ र एमालेसहितको गठबन्धनले ३५ हजार आठ सय ८५ मत पाएको थियो । एमालेभन्दा कांग्रेस गठबन्धनको दुई हजार आठ सय ७७ मत बढी छ । 

    वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसके कांग्रेसका भण्डारीले जित्ने सम्भावना बलियो देखिन्छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाको मत भण्डारीका लागि जितको आधार बन्न सक्छ । 

    एमाले विजयी हुन भने सत्ता गठबन्धनको मत तान्नुपर्ने हुन्छ । अघिल्लो पटकको सङ्घीय निर्वाचनमा माओवादी केन्द्रको साथ पाएर एमाले उम्मेदवार ज्ञवाली विजयी भएका थिए । ज्ञवाली ३७ हजार ८ सय १४ मत ल्याएर निर्वाचित हुँदा भण्डारीले ३० हजार २ सय ५६ मत ल्याएका थिए ।

    गुल्मेली जनताले पालैपालोको ईतिहासलाई निरन्तरता दिनका लागि पनि यो पटक आफूलाई जिताउने भण्डारीको विश्वास छ । तर निर्वाचन जित्ने ज्ञवाली र भण्डारीमध्ये मतदाताको रोजाइमा यसपटक को पर्छ भन्ने कुरा अहिले नै प्रष्ट भइसकेको छैन। 

    पार्टी विभाजित हुँदा पनि सत्ता गठबन्धनभन्दा झण्डै ३ हजार मतले पछि परेका ज्ञवालीलाई लगातार दुई पटक जित्न तटस्थ मतदाताको मत आफूतिर तान्नुपर्ने चुनौती छ। २०६४ का यताका  तीन वटै चुनावमा लगातार दुई पटक एकै उम्मेदवारलाई नजिताएका गुल्मी १ का मतदातालाई ज्ञवालीले आफूलाई फेरि सांसद बनाउन कन्भिन्स गराउनु पर्ने चुनौती छ । 


     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार