Sajha Post
दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक जना गम्भीर घाईते

धनगढी । दार्चुलाम नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । दार्चुलाको नौगाड गाउँपालिकामा आइतबार दिउँसो भएको झडपमा गठबन्धनका जयभान सिंह धामी गम्भीर घाइते भएका छन् ।

धामीमाथि एमालेका कार्यकर्ताबाट सामूहिक आक्रमण भएको बताइएको छ । सामूहिक आक्रमणमा परेका धामी अझै बेहोस रहेको दार्चुला प्रहरीले बताएको छ । 

जिल्लामा उपचार हुन नसकेपछि धामीलाई धनगढी रिफर गरिएको छ । आक्रमणमा परेका धामी नेकपा (माओवादी केन्द्र) दार्चुला-काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् । 

nepatop

एमालेका कार्यकर्ताले धामीमाथि सामूहिक आक्रमण गरेको माओवादी केन्द्रका नेता तारादत्त भट्टले बताए । धामीको टाउकोमा रडले प्रहार गरिएको हुँदा अझै होस नआएको भट्टले बताए ।

एमालेको चुनावी सभालाई अवरोध गर्ने गरी आमसभामा जाने कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको एमालेको नौगाड गाउँपालिका कमिटीका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए। गठबन्धनका नेताले भने एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको बताएका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update