शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

भीम रावल खोज्ने एमाले कार्यकर्तालाई ओलीले थर्काउँदै भने, 'चुप लागेर बस्नुस्'

भीम रावल खोज्ने एमाले कार्यकर्तालाई ओलीले थर्काउँदै भने, 'चुप लागेर बस्नुस्'

अछामबाट सर्वसम्मत सिफनरिसमा परेका रावल ओलीका चर्को आलोचक हुन् । त्यसैले ओलीले उनलाई टिकट दिएनन् । अहिले हरेक चुनावी सभाहरुमा रावलको खोजी हुन थालेको छ । यसरी रावललाई खोज्नेहरुप्रति ओली रुष्ट हुन थालेका छन् ।

साझा पोष्ट
आइतबार, कात्तिक २७ २०७९
  • images
    भीम रावल खोज्ने एमाले कार्यकर्तालाई ओलीले थर्काउँदै भने, 'चुप लागेर बस्नुस्'
    images

    सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार दैलेखमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थिए । कार्यकर्ताले ‘भीम रावल खै’ भन्दै प्रश्न गरे । पटक-पटक कार्यकर्ताले भीम रावल भनेपछि ओली झोक्किए । 


    images
    images

    भीम रावलको नाम लिनेहरुलाई ओलीले जवाफ फर्काए, ‘चुप लागेर बस्नुस् । भीम रावलको माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस् ।’ 

    अछामबाट सर्वसम्मत सिफनरिसमा परेका रावल ओलीका चर्को आलोचक हुन् । त्यसैले ओलीले उनलाई टिकट दिएनन् । अहिले हरेक चुनावी सभाहरुमा रावलको खोजी हुन थालेको छ । यसरी रावललाई खोज्नेहरुप्रति ओली रुष्ट हुन थालेका छन् ।

    यसअघिका दार्चुलालगायत अन्य केही कार्यक्रममा समेत कार्यकर्ताले भीमरावलबारे ओलीसँग सोधिखोजी गर्दै आएका छन् ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार