बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

'मंसिर ४ पछि संघ र सातै प्रदेशमा दुई तिहाईको गठबन्धन सरकार बन्छ'

'मंसिर ४ पछि संघ र सातै प्रदेशमा दुई तिहाईको गठबन्धन सरकार बन्छ'

रोल्पाको माडीमा सत्ता गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै पुनले संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने बताए । केपी ओलीले जनमतको अपमान गरी पटकपटक संसद विघटन गरेका कारण संविधान र लोकतन्त्र बचाउन वर्तमान गठबन्धन बनेको पुनको भनाइ थियो । 

साझा पोष्ट
आइतबार, कात्तिक २७ २०७९
  • images
    'मंसिर ४ पछि संघ र सातै प्रदेशमा दुई तिहाईको गठबन्धन सरकार बन्छ'
    images

    रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनतले मंसिर ४ को निर्वाचनमा सत्तारुढ गठबन्धनले संघ र सातवटै प्रदेशमा दुई तिहाई बहुमत प्राप्त गर्ने बताएका छन् । 


    images
    images

    रोल्पाको माडीमा सत्ता गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै पुनले संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने बताए । केपी ओलीले जनमतको अपमान गरी पटकपटक संसद विघटन गरेका कारण संविधान र लोकतन्त्र बचाउन वर्तमान गठबन्धन बनेको पुनको भनाइ थियो । 

    उनले चुनाव जित्न र सत्ता स्वार्थका लागि मात्र गठबन्धन नभएको उल्लेख गरे । ‘जित्नकै लागि चुनावमा सहभागी हुने हो, तर सत्ता स्वार्थका लागि मात्र गठबन्धन भएको होइन’, पुनले भने, ‘केपी ओलीको पटकपटकको प्रतिगमनका कारण यो गठबन्धन बनेको हो । सत्ता स्वार्थका लागि मात्र भएको होइन ।’ 

    पुनले गठबन्धनले जनमतको सम्मान गर्ने भन्दै कुनै पनि हालतमा पाँच वर्षे कार्यकालको बीचैमा प्रतिनिधिसभा विघटन नहुने प्रतिबद्धता जनाए । उनले जनताको जनमतलाई शीरमा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाए । 

    संविधानको रक्षा, राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिका लागि गठबन्धन बनेको भन्दै पुनले  जनताले छिटोछरितो रुपमा घरदैलोमै प्रशासनिक सेवा प्राप्त गर्ने वातावरण बनाइँने उल्लेख गरे । जनताले व्यवस्था परिवर्तन गरी लोकतन्त्र र गणतन्त्रका लागि पटकपटक संघर्ष गरेको स्मरण गर्दै उनले अब भने अवस्था परिवर्तनको समय आएको चर्चा गरे । 

    पुनले निरंकुशता र प्रतिगमन रोक्न काँग्रेस–माओवादी एकै ठाउँमा उभिनुपर्ने बाध्यता सिर्जना भएको भन्दै विगतका तीतामिठा घटना बिर्सिएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए । 

     पुनले रोल्पा प्रदेशसभा (ख) मा बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका पूर्वजिल्ला इन्चार्ज दिपेन्द्र पुनलाई मतदान नगर्न कार्यकर्ता र मतदातालाई अपिल गरे । पुनले सत्ता गठबन्धनका साझा उम्मेदवार काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई विजयी गराउनु आफूहरुको राजनीतिक धर्म भएको बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार