शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

दार्चुलामा आफ्ना कार्यकर्ता कुटिएको भन्दै गठबन्धनबाट सडक अवरुद्ध, एमाले कार्यकर्ता घर फर्किन सकेनन् (भिडियो)

दार्चुलामा आफ्ना कार्यकर्ता कुटिएको भन्दै गठबन्धनबाट सडक अवरुद्ध, एमाले कार्यकर्ता घर फर्किन सकेनन् (भिडियो)

साझा पोष्ट
सोमबार, कात्तिक २८ २०७९
  • images
    दार्चुलामा आफ्ना कार्यकर्ता कुटिएको भन्दै गठबन्धनबाट सडक अवरुद्ध, एमाले कार्यकर्ता घर फर्किन सकेनन् (भिडियो)
    images

    कैलाली । सत्ता गठबन्धनका कार्यकर्ताले दार्चुलामा एमाले कार्यकर्ताले आफ्ना कार्यकर्ता कुटेको भन्दै सडक अवरुद्ध गरेका छन् । गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेका हुन् । 


    images
    images

    पसलमा बसिरहेका बेला एमाले कार्यकर्ताले निर्घात कुटपिट गरेको र  अहिले उनको अवस्था गम्भीर रहेको कांग्रेस नौगाड सभापति प्रेमसिंह धामीले बताए । त्यो झडप नभए सयौँले एकैजनालाई कुटपिट गरेका धामीको भनाइ छ । 

    उनीहरुले कुटपिटमा संलग्नहरूलाई कारबाहीको माग गरेका छन् । गठबन्धनका कार्यकर्ताले कुटपिटमा संग्लन एमाले कार्यकर्तालाई पक्राउ गरे मात्रै सडक खुलाउने बताउँदै आएका छन् । नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कायर्कर्ताबीच हिजो झडप भएको थियो ।

    सडक अवरुद्ध भएपछि नौगाडमा भएको चुनावी सभामा गएका एमाले कार्यकर्ता तथा स्थानीय बासिन्दा घर फर्किन सकेका छैनन् । कार्यक्रममा लागि गएका कलाकारसहितका सहभागीहरु होपरीगाड जामिर क्षेत्रमै रोकिएका छन् ।

    हेर्नुस् कुटपिटको भिडियो

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार