शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

ओलीबाट ज्ञान सिकेको छु, अव त्यो ज्ञान यताउता हुनेवाला छैन : प्रचण्ड

ओलीबाट ज्ञान सिकेको छु, अव त्यो ज्ञान यताउता हुनेवाला छैन : प्रचण्ड

साझा पोष्ट
सोमबार, कात्तिक २८ २०७९
  • images
    ओलीबाट ज्ञान सिकेको छु, अव त्यो ज्ञान यताउता हुनेवाला छैन : प्रचण्ड
    images

    लम्जुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धनलाई २० वर्षसम्म निरन्तरता दिने दाबी गरेका छन्।


    images
    images

    लमजुङको राइनासमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कतिपयले चुनावपछि अहिलेको गठबन्धन भत्केर नयाँ बन्छ कि भन्ने अनुमान गरिरहेको उल्लेख गर्दै कम्तीमा १५, २० वर्षसम्म यही गठबन्धनलाई कायमै राख्ने दावी गरे।

    प्रचण्डले पछि के गर्छ भनेर कतिपयले शंका गर्ने गरेको भन्दै प्रचण्डले भने ‘केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेर आएको छु। अब त्यो ज्ञान यताउता हुनेवाला छैन। यही गठबन्धनलाई लिएर जाने हो ।’

    जबसम्म संविधान, लोकतन्त्र र शान्ति तथा जनताले पाएको अधिकारमाथि चुनौती रहिराख्छ, तबसम्म यो गठबन्धन पनि गइराख्छ। १०, १५, २० वर्षसम्म जाओस्। अब अर्को प्रयोग हुँदैन।’


    उनले आफू र नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सँगसँगै देशका विभिन्न चुनावी सभामा गएको र सत्ता गठबन्धनका पक्षमा विस्तारै जनलहर आइरहेको दाबी गरे ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार