बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

विश्वको जनसङ्ख्या आठ अर्ब, २०२३ मा भारतले चीनलाई उछिन्ने अनुमान

विश्वको जनसङ्ख्या आठ अर्ब, २०२३ मा भारतले चीनलाई उछिन्ने अनुमान

विश्व जनसङ्ख्या ७ बाट ८ अर्ब पुग्न १२ वर्ष लागेको र यो ९ अर्ब वृद्धि करिब १५ वर्ष लाग्ने अर्थात सन् २०३७ सम्ममा पुग्ने अनुमान गरिएको छ ।  यो विश्व जनसङ्ख्या बृद्धिको समग्र यो दर सुस्त संकेत पनि हो । सन् २०२२ सम्ममा, दोस्रो धेरै जनसङ्ख्या क्षेत्रको रुपमा एशिया रहेको छ । एसियाको पूर्वी र दक्षिण–पूर्वी २.३ अर्ब, मध्य दक्षिण एसियामा २.१ अर्ब र चीन र भारतमा १.४ अर्बभन्दा बढी पुगेको बताइएको छ । 

साझा पोष्ट
मंगलबार, कात्तिक २९ २०७९
  • images
    विश्वको जनसङ्ख्या आठ अर्ब, २०२३ मा भारतले चीनलाई उछिन्ने अनुमान
    images

    एजेन्सी । आज विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने संयुक्त राष्ट्रसङ्घको अनुमान गरेको छ । संयुक्त राष्ट्रसङ्घको पछिल्लो प्रक्षेपणले विश्व जनसङ्ख्या  सन् २०३० मा ८.५ अर्ब, सन्  २०५० मा ९.७ अर्ब र सन् २१०० मा १०.४ अर्ब पुग्ने देखाएको छ। 


    images
    images

    विश्व जनसङ्ख्या दिवसको अवसरमा सार्वजनिक गरिएको वार्षिक विश्व जनसङ्ख्या सम्भावना प्रतिवेदनमा  उल्लेख गरेको छ । सन् २०२० मा एक प्रतिशतभन्दा कममा झरेर सन् १९५० यता विश्वको जनसङ्ख्या सबैभन्दा सुस्त गतिमा बढिरहेको  देखाएको थियो । 

    विश्व जनसङ्ख्या ७ बाट ८ अर्ब पुग्न १२ वर्ष लागेको र यो ९ अर्ब वृद्धि करिब १५ वर्ष लाग्ने अर्थात सन् २०३७ सम्ममा पुग्ने अनुमान गरिएको छ ।  यो विश्व जनसङ्ख्या बृद्धिको समग्र यो दर सुस्त संकेत पनि हो ।

    सन् २०२२ सम्ममा, दोस्रो धेरै जनसङ्ख्या क्षेत्रको रुपमा एशिया रहेको छ । एसियाको पूर्वी र दक्षिण–पूर्वी २.३ अर्ब, मध्य दक्षिण एसियामा २.१ अर्ब र चीन र भारतमा १.४ अर्बभन्दा बढी पुगेको बताइएको छ । 

    सन् २०५० सम्ममा विश्वव्यापी जनसङ्ख्याको अनुमानित वृद्धिको आधाभन्दा बढी मात्र आठ देशमा केन्द्रित हुनेछ । ती देशमा कङ्गो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया रहेका छन् । 

    सन् २०२३ मा चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत बन्ने संयुक्त राष्ट्रसङ्घको अनुमान गरेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार