बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

एक वर्षमा छ सयभन्दा बढीको हत्या

एक वर्षमा छ सयभन्दा बढीको हत्या

साझा पोष्ट
मंगलबार, कात्तिक २९ २०७९
  • images
    एक वर्षमा छ सयभन्दा बढीको हत्या
    images

    एजेन्सोसी । मालियामा यसै वर्षको जनवरीदेखि यता मात्र छ सयजना भन्दा बढीको हत्या भएको एक राष्ट्रसङ्घीय अधिकारीले जनाएका छन् । उनका अनुसार यहाँ गएको १० महिनामा मात्र छ सय १३ जना सर्वसाधारणको हत्या भएको छ ।


    images
    images

    संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार सम्बन्धी उच्चायुक्त भोल्कर टर्कले सो कुराको जानकारी दिए । उनले यस वर्ष सर्वसधारणको हत्या झनै बढेको बताए । त्यहाँ नागरिकको मानव अधिकारको हनन् भएको र उनीहरुको हत्याको अवस्था झन् बढेको भन्दै उच्चायुक्त टर्कले यो निकै नै दुःखद अवस्था भएको पनि जानकारी दिनुभएको हो ।

    अझै कति सोमालियाली सर्वसाधारण नागरिकको ज्यान जाने हो भन्ने निश्चित नरहेको र यो अवस्था भनेको निकै नै दुःखद अवस्था हो भन्दै यहाँको हिंसाको अन्त्यको बाटो खोज्न पनि सुझाएका छन् । 

    सोमालियाका अल सेबाब हिंसात्मक विद्रोहीहरुले पछिल्लो समयमा नागरिक हत्याको शृंखलालाई झन् बढाएको देखिएको पनि उनले बताए । त्यहाँका विद्रोहीहरुले विस्फोटक पदार्थको प्रयोग गरेर नागरिकको हत्या गर्ने गरेका छन् । विद्रोहीहरुले करिब ९४ प्रतिशत हत्या यस्ता विस्फोटक पदार्थको प्रयोगबाट गर्ने गरेका र त्यसपछि उनीहरुले आत्मघाती हमला पनि गर्ने गरेका पाइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार