शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

एमाले उम्मेदवारलाई भोट मागेपछि एक हप्तामा गण्डकी प्रदेशका दुई मन्त्री वर्खास्त

एमाले उम्मेदवारलाई भोट मागेपछि एक हप्तामा गण्डकी प्रदेशका दुई मन्त्री वर्खास्त

खड्काले समाल्दै आएको मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैंले सम्हाल्ने गरि हटाएका हुन्  । खड्काले गठबन्धनका कास्की, २ ख का उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेको बताइएको छ । 

साझा पोष्ट
मंगलबार, कात्तिक २९ २०७९
  • images
    एमाले उम्मेदवारलाई भोट मागेपछि एक हप्तामा गण्डकी प्रदेशका दुई मन्त्री वर्खास्त
    images

    कास्की । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्का बर्खास्तीमा परेका छन् ।  मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् ।


    images
    images

    खड्काले समाल्दै आएको मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैंले सम्हाल्ने गरि हटाएका हुन्  । खड्काले गठबन्धनका कास्की, २ ख का उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेको बताइएको छ । 

    एमालेसँग मिलेर भोट काट्ने योजना बनाएपछि उनलाई बर्खास्त गरिएको एक मन्त्रीले बताए । खड्का ०७४ सालमा निर्वाचनमा समानपातिकबाट गण्डकी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए ।

    एक हप्ताअघि मुख्यमन्त्री नेपालीले गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका थिए । आगामी निर्वाचनमा एमालेको पक्षमा लागेर भोट मागेको भन्दै उनलाई बर्खास्त गरिएको थियो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार