बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

युक्रेनलाई लक्षित गरी हानेको रुसी मिसाइल पोल्याण्डमा खसेपछि जी–सेभेन राष्ट्र प्रमुखहरू आपत्कालीन बैठकमा

युक्रेनलाई लक्षित गरी हानेको रुसी मिसाइल पोल्याण्डमा खसेपछि जी–सेभेन राष्ट्र प्रमुखहरू आपत्कालीन बैठकमा

साझा पोष्ट
बुधबार, कात्तिक ३० २०७९
  • images
    युक्रेनलाई लक्षित गरी हानेको रुसी मिसाइल पोल्याण्डमा खसेपछि जी–सेभेन राष्ट्र प्रमुखहरू आपत्कालीन बैठकमा
    images

    एजेन्सी । युक्रेनलाई लक्षित गरेर प्रहार गरिएको एउटा मिसाइल पोल्याण्डमा खसेको छ । मिसाइल प्रहारबाट दुई जना मारिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले प्रहार गरेको मिसाइल पोल्याण्डमा खसेको बताएका छन् ।


    images
    images

    rusi_Missile1668573441.jpg

    तर रुसले आफ्नो संलग्नता अस्विकार गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनसँगको पोल्याण्ड सीमा नजिक कुनै मिसाइल आक्रमण गरिएको छैन ।

    पोल्याण्डमा खसेको भनिएको रुसी मिसाइलबारे  इन्डोनेसियामा जारी जी२० को बैठकमा जी–सेभेन देशका नेताहरुले छलफल गरेका छन् । अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान, स्पेन र नेदरल्याण्ड्सका नेताहरूको उपस्थिति रहेको उक्त कुराकानीको तस्बिर सार्वजनिक भएको छ । 

    उनीहरूबाहेक युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपियन युनियनका आयुक्त पनि यस बैठकमा सहभागी थिए । पोल्याण्डमा रुसी क्षेप्यास्त्र खसेको परिणाम गम्भीर हुन सक्ने बताइएको छ । पोल्याण्ड नेटो सैन्य गठबन्धनको सदस्य हो र यस घटनालाई नेटोमाथि आक्रमण मान्न सकिने बताइएको छ ।  

    नेटोको सदस्य हुनु भनेको कुनै सदस्य राष्ट्रमा सशस्त्र आक्रमण भएमा अन्य सदस्य राष्ट्रले सहयोग गर्न अगाडि आउने र आक्रमण भएको वा भइरहेका देशमा नेटोको सेना पठाउन सक्छ । यदि उक्त मिसाइल रुसी भएको पुष्टि भयो भने यसले द्वन्द्व बढाउने जोखिम रहन्छ ।


    बीबीसी संवाददाता क्रिस मेसनका अनुसार पोल्याण्डमा भएको घटनापछि जी–२० का सबै देशका योजनाहरू फेल भएको देखिन्छ । पश्चिमी देशका नेताहरू आफ्ना रक्षा र परराष्ट्रमन्त्रीहरूसँग कुराकानी गर्न र पोल्याण्डलाई पनि फोन गर्न व्यस्त छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनक पोल्याण्डसँग सम्पर्कमा छन् । जो बाइडेनले नेटो प्रमुख जेन्स स्टोल्टनबर्गसँग पनि वार्ता गरेका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार