शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

अग्नी खरेलको रक्षा गर्न प्रचण्डको विरोध

अग्नी खरेलको रक्षा गर्न प्रचण्डको विरोध

साझा पोष्ट
बिहीबार , मंसिर १ २०७९
  • images
    अग्नी खरेलको रक्षा गर्न प्रचण्डको विरोध
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा– १ मा आफ्नो पार्टीका उम्मेदवार अग्नि खरेलको रक्षा गर्न प्रचण्डको विरोध गरेका छन् ।  ओलीले खरेललाई भोट माग्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गरेका छन्। 


    images
    images

    झापा १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका खरेल आफ्नो गृहक्षेत्र झापा–२ भए पनि झापामा १ बाट चुनाव लडेका छन् । उनलाई नेपाली कांग्रेसका नेता–कार्यकर्ताले बाहिरिया भनेको विषयको खण्डन गर्ने क्रममा ओलीले प्रचण्डमाथि व्यंग्य गरे ।

    ओलीले प्रचण्डलाई दिल्लीको नोयडामा बसेर राजनीति गरेको आरोपसमेत लगाए।  ‘खरेलजीलाई बाहिरिया भन्नुहुन्छ। चितवनबाट भागेका प्रचण्डलाई गोरखामा भोट हाल्ने कांग्रेसले खरेलजीलाई बाहिरिया भन्न मिल्छ ?’ उनले प्रश्न गरे ।

    ‘प्रचण्ड त जन्मे कास्कीको ढिकुरपोखरी,  चुनाव लडे रोल्पा,  रोल्पाबाट भागेर काठमाडौं र काठमाडौंबाट भागेर चितवन, त्यहाँबाट भागेर गोरखा पुगेका छन्। राजनीति गरे दिल्लीको नोयडामा। त्यसैले, एकपल्ट भन्दा अर्कोपल्ट मुख देखाइसक्नु हुन्न, अनि भाग्नुपर्छ।’

    झापा १ मा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपा गठबन्धनबाछ अग्नि खरेल उम्मेदवार बनेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार