शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

केपी ओलीप्रति आक्रामक माधव नेपाल, गफाडीको कम्पनीलाई भोट दिए मुलुक डुब्छ 

केपी ओलीप्रति आक्रामक माधव नेपाल, गफाडीको कम्पनीलाई भोट दिए मुलुक डुब्छ 

‘जनताको घरघरमा ग्यासको पाइप र रेल ल्याउँछु भनेर हावादारी कुरा गर्ने गफाडीहरू यो मुलुकको प्रधानमन्त्री बन्न पुग, अध्यक्ष नेपालले भने, ‘यो पटक पनि गफाडीको कम्पनीलाई मौका दिइयो भने मुलुक डुब्छ । भोट नदिउँ ।’ ओलीप्रति आक्रामक बनेका नेता नेपालले उनलाई रावणसँग तुलना गरे ।  

साझा पोष्ट
बिहीबार , मंसिर १ २०७९
  • images
    केपी ओलीप्रति आक्रामक माधव नेपाल, गफाडीको कम्पनीलाई भोट दिए मुलुक डुब्छ 
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिर्सेर पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट नदिन अपिल गरेका छन् ।  काठमाडौंको कोटेश्वरमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओली गफाडी भएको आरोपसमेत लगाए।


    images
    images

    ‘जनताको घरघरमा ग्यासको पाइप र रेल ल्याउँछु भनेर हावादारी कुरा गर्ने गफाडीहरू यो मुलुकको प्रधानमन्त्री बन्न पुग, अध्यक्ष नेपालले भने, ‘यो पटक पनि गफाडीको कम्पनीलाई मौका दिइयो भने मुलुक डुब्छ । भोट नदिउँ ।’ ओलीप्रति आक्रामक बनेका नेता नेपालले उनलाई रावणसँग तुलना गरे ।  

    उनले भने, यस्ता व्यक्तिलाई जन्म दिने कस्तो होला यो धर्ती ? हुन त रामसँगै रावण पनि जन्मिए, कृष्णले कंसको सामना गर्नुपरेको थियो । त्यही कंस र रावण प्रवृतिको जन्म भयो, के गर्ने । म कसैको विरोध त गर्दिन तर यस्ता व्यक्ति पनि झेल्नुपर्यो ।

    उनले मुलुकको समृद्धिका लागि सत्ता गठबन्धनलाई विजयी गराउन  आग्रह गरे । सत्ता गठबन्धन संविधान रक्षा र समृद्धिका लागि बनेको उनले बताए। ‘व्यवस्था उल्ट्याउन राजावादीसँग साँठगाँठ गर्ने गठबन्धनलाई पराजित गर्दै सत्ता गठबन्धनलाई विजय गराउन म आग्रह गर्दछु,’ उनले भने। 

    प्रत्यक्ष निर्वाचनमा गठबन्धनका दलबीच मत ट्रान्सफर हुँदा नै गठबन्धन आगामी दिनमा बलियो हुने नेता नेपालको भनाइ छ । काठमाडौं २ की उम्मेदवार ओनसरी घर्तीसहित गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार