Sajha Post
विश्व कप फुटबलको सुरक्षामा सहयोग गर्न टर्कीले कतारमा सेना पठाउने
nepatop

एजेन्सी । कतारमा हुने विश्व कप फुटबलको सुरक्षामा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ। टर्कीको संसदले सो सम्बन्धी कानुन पास गरेको हो। 

टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव टर्कीको प्रहरीले पास गरेको हो। कतारमा मंसिर ४ गतेदेखि हुन लागेको विश्व कप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाउन लागेको हो। 

कतारले टर्कीसँग सेनाको सहयोगका लागि अनुरोध गरेको थियो र  विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाएको भएको हो। उक्त प्रस्ताव अनुसार टर्कीले कतारमा छ महिनासम्मका लागि सेना पठाउने भएको छ । टर्कीले कतारमा कतिजना सेना पठाउने भन्ने बारेमा भने केही बताइएको छैन। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update