शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

भारतीय अतिक्रमित नेपाली भूमि तिंकर र छाङरुवासीले सदरमुकामबाट मतदान गर्ने

भारतीय अतिक्रमित नेपाली भूमि तिंकर र छाङरुवासीले सदरमुकामबाट मतदान गर्ने

साझा पोष्ट
शुक्रबार, मंसिर २ २०७९
  • images
    भारतीय अतिक्रमित नेपाली भूमि तिंकर र छाङरुवासीले सदरमुकामबाट मतदान गर्ने
    images

    धनगढी । भारतीय अतिक्रमित कालापानी क्षेत्र नजिकका दुई बस्ती तिंकर र छाङरुका बासिन्दाका लागि सदरमुकाम खलंगामा मतदान गर्ने व्यवस्था मिलाइएको छ । तिंकर र छाङरुका बासिन्दाले सदरमुकाम खलंगामा प्रतिनिधि र प्रदेश सभाका लागि मतदान गर्ने भएका हुन्।


    images
    images

    तिंकर र छाङरुका सौका समुदायका बासिन्दा हिउँदका छ महिना पशुचौपाया समेत ल्याएर खलंगा बसाइँ सर्ने गरेका कारणा उनीहरुलाई खलंगामै मतदानको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिंह धामीले जानकारी दिए । 

    गाउँ शहरमा चुनावी माहोल चर्किएको भएपनि छाङरु र तिंकरबस्ती मानवविहीन बनेका छन्। अहिले तिंकर र छाङरुबासीका घरमा ताल्चा लागेका व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए । 

    चिसोको समयमा छाङरु र तिंकरका सरकारी कार्यालय, विद्यालय लगायत सम्पूर्णको काम खलंगाबाट हुने गरेको छ। त्यहाँका बासिन्दाको सदरमुकाम खलंगा समेत घर छ। व्याँस गाउँपालिका–१ छाङरुस्थित कैलाशवती आधारभूत विद्यालयमा ३८३ र तिंकरको मोती महिला संघ आधारभूत विद्यालयमा २२४ गरेर त्यहाँ कूल ६०७ मतदाता रहेका छन्। 

    पञ्चायतकालदेखि छाङरु र तिंकरका बासिन्दा दुवैतिर बसेर मतदानमा सहभागी हुने गरेका अध्यक्ष धामीले बताए । ‘पञ्चायतकालदेखि यसरी नै चल्दै आएको छ, उता भएको बेला त्यतै मतदान गर्छन, दार्चुला भएको बेला यताबाट मतदान गर्छन्,’ उनले भने।

    नेपाली भूमिमा बाटो नहुँदा भारतीय पक्षको अनुमति माग गरेर छाङरु र तिंकरबासीलाई सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता छ। खलंगादेखि छाङरुसम्म नेपाली भूमिबाट सेनाले बाटो निर्माण गरेको छ। तर उक्त बाटो निकै जोखिमपूर्ण छ। त्यसैले छाङरु र तिंकरबासी आफ्नै भूमि जानका लागि भारतको अनुमति माग्नुपर्ने बाध्यतामा छन्।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार