बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

मौन अवधिमा पैसा बाँडेको आरोपमा काठमाडौं ५ (२) का एमाले उम्मेदवार पाँच घन्टा नियन्त्रणमा

मौन अवधिमा पैसा बाँडेको आरोपमा काठमाडौं ५ (२) का एमाले उम्मेदवार पाँच घन्टा नियन्त्रणमा

स्थानीयले उम्मेदवार निरौलासहितको टोलीले बुढानीलकण्ठ– ६ स्थित एक घरमा पैसा बाँडिरहेको खबर गरेपछि प्रहरी पुगेको थियो । बा.२० च ९६८९ नम्बरको गाडी बाहिर राखेर उनीहरू घरभित्र रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर महाराजगन्ज वृत्तमा राखेको थियो । गाडी पनि नियन्त्रणमा लिइएको थियो । 

साझा पोष्ट
शनिबार, मंसिर ३ २०७९
  • images
    मौन अवधिमा पैसा बाँडेको आरोपमा काठमाडौं ५ (२) का एमाले उम्मेदवार पाँच घन्टा नियन्त्रणमा
    images

    काठमाडौं । मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा काठमाडौं ५ (२) का एमाले उम्मेदवार दीपक निरौलासहित तीनजनालाई प्रहरीले झण्डै पाँच घन्टा नियन्त्रणमा लिएको छ । 
     
    उनीसँगै बुढानीलकण्ठ नगरपालिका– ६ का वडाध्यक्ष रवि खड्का र एमाले बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले शुक्रबार साँझ साढे ७ बजेतिर नियन्त्रणमा लिएको थियो । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । 


    images
    images

    स्थानीयले उम्मेदवार निरौलासहितको टोलीले बुढानीलकण्ठ– ६ स्थित एक घरमा पैसा बाँडिरहेको खबर गरेपछि प्रहरी पुगेको थियो । बा.२० च ९६८९ नम्बरको गाडी बाहिर राखेर उनीहरू घरभित्र रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर महाराजगन्ज वृत्तमा राखेको थियो । गाडी पनि नियन्त्रणमा लिइएको थियो । 

    नियन्त्रणमा लिइएको तीनैजनालाई मध्यराति छाडिएको छ । नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले उम्मेदवार निरौलासहित तीनजनालाई नियन्त्रणमा लिएको र छानबिनका लागि निर्वाचन आयोगलाई खबर गरिएको बताए । 

    ‘पैसा बाँडेको विषयमा विवाद भएपछि हामीले तीनजनालाई नियन्त्रणमा लिएका हौँ । पैसा बाँडेको हो–होइन भन्ने विषयमा निर्वाचन अनुगमन समितिबाट छानबिन होला,’ उनले भने । निर्वाचन आयोगको टोलीको उपस्थितिमा गाडीको खानतलासी गरेपछि उम्मेदवार निरौलासहितका तीनैजनालाई छाडिएको थियो ।  

    स्थानीय र कांग्रेस कार्यकर्ताले निरौलासहित पैसा बाँड्ने कार्यमा संलग्नहरूमाथि कारबाहीको माग गर्दै शुक्रबार मध्यरातिसम्म महाराजगन्ज प्रहरी कार्यालयअगाडि नाराबाजी गरेका थिए । सँगै एमाले कार्यकर्ताले राज्यशक्तिको दुरुपयोग गरेर आफ्ना उम्मेदवारको चरित्र हत्या गर्न खोजेको भन्दै रिहाइको माग गरेर नाराबाजी गरेका थिए । 
    पक्राउ परेका एमाले उम्मेदवार निरौलाले भने आफू एक क्यान्सरका बिरामीलाई भेट्न त्यहाँ गएको विषयलाई अनावश्यक आरोप लगाइएको दाबी गरेका छन् । तर, मौन अवधिमा उम्मेदवारले यसरी मतदातासँग भेटघाट गरेको घटना शंकास्पद देखिएको एक प्रहरी अधिकारीले बताए । 

    एमाले काठमाडौं ५ निर्वाचन परिचालन कमिटीले साँझ विज्ञप्ति जारी गर्दै छिमेकी र पार्टीका शुभेच्छुकसमेत रहेका क्यान्सरका बिरामी लामाको स्वास्थ्य अवस्था बुझ्न जाँदा राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने तथा पैसा बाँडेको भनेर बदनाम गराउने कार्य गरिएको जनाएको छ ।

    यो आरोप पुष्टि भए कसुर गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार