बुधबार, वैशाख ५ गते २०८१
Logo
बुधबार, वैशाख ५ गते २०८१

कतारले विश्वकप फुटबलको पहिलो खेल जित्न ९२ करोडमा 'म्याच फिक्सिङ' गरेको गम्भीर आरोप 

कतारले विश्वकप फुटबलको पहिलो खेल जित्न ९२ करोडमा 'म्याच फिक्सिङ' गरेको गम्भीर आरोप 

ब्रिटिश मिडल इस्ट सेन्टर फर स्टडिज तथा रिसर्च’ का क्षेत्रीय निर्देशक अमजद ताहाले फिक्सिङ गर्न लागिएको बलियो प्रमाण प्राप्त भएको दाबी गरेका छन्। उनका अनुसार कतारले विपक्षी खेलाडीलाई पैसा दिएर कमजोर खेल खेल्नका लागि प्रेरित गरेको बताइएको छ। 

साझा पोष्ट
शनिबार, मंसिर ३ २०७९
  • images
    कतारले विश्वकप फुटबलको पहिलो खेल जित्न ९२ करोडमा 'म्याच फिक्सिङ' गरेको गम्भीर आरोप 
    images

    एजेन्सी । विश्वकप फुटबल भोलिदेखि सुरु हुँदैछ । खेल सुरु हुने एक दिनअगाडि आयोजक कतारमाथि म्याच फिक्सिङ गर्न लागेको गम्भीर आरोप लागेको छ। 


    images
    images

    मैदानमा खेल शुरु हुनुअघि नै मैदान बाहिर भित्र कसलाई जिताउने खेल शुरु भएको एक रिपोर्टमा दाबी गरिएको छ। कतारले आफ्नो पहिलो खेलका लागि लाखौँ डलर खर्चिएको दाबी अन्तरराष्ट्रिय सञ्चारमाध्यमले गरेका छन्।

    ‘ब्रिटिश मिडल इस्ट सेन्टर फर स्टडिज तथा रिसर्च’ का क्षेत्रीय निर्देशक अमजद ताहाले फिक्सिङ गर्न लागिएको बलियो प्रमाण प्राप्त भएको दाबी गरेका छन्। उनका अनुसार कतारले विपक्षी खेलाडीलाई पैसा दिएर कमजोर खेल खेल्नका लागि प्रेरित गरेको बताइएको छ। 

    सूत्रको हवाला दिँदै जानकारी दिइएअनुसार इक्वेडरका आठ खेलाडीलाई ७.४ मिलियन अमेरिकी डलर अर्थात करिब ९२ करोड रुपैयाँ दिएको जनाइएको छ। त्यसका लागि यो खेल कतारले १–० ले जित्ने र खेलको निर्णायक गोल दोस्रो हाफमा हुने दाबी समेत गरिएको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार