Sajha Post
इलाम २ मा एमाले उपाध्यक्ष सुवास नेम्वाङ दोब्बर मतले पछि 
nepatop

काठमाडौं। इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ पछि परेका छन् । सुरुवाती मत गणनामा नेम्वाङलाई कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । 

कूल ६६८ मत गणना हुँदा खड्काले ४३२ मत ल्याएका छन् । यस्तै, नेम्वाङले २७६ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत पाउँदा जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले तीन मत पाएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update