Sajha Post
चितवन २ : रवि लामिछानेले लिए अग्रता, एमाले तेस्रो स्थानमा

चितवन । चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् ।

यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले ३ हजार ९४९ मत पाएका छन् । 

 

nepatop

दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत पाएका छन् भने तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ७१२ मत पाएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update