शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

सप्तरीका दुबै प्रदेश सभामा सिके राउतको पार्टीका उम्मेदवारको फराकिलो जित

सप्तरीका दुबै प्रदेश सभामा सिके राउतको पार्टीका उम्मेदवारको फराकिलो जित

साझा पोष्ट
मंगलबार, मंसिर ६ २०७९
  • images
    सप्तरीका दुबै प्रदेश सभामा सिके राउतको पार्टीका उम्मेदवारको फराकिलो जित
    images

    काठमाडौं। सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार सप्तरी क्षेत्र नं २ का दुबै प्रदेश सभामा भारी मतले निर्वाचित भएका छन् । 


    images
    images

    सप्तरी २ को प्रदेश सभा १ मा सतिशकुमार सिंहले १६ हजार ७ सय ४३ मत ल्याएर निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी जसपाका शैलेन्द्रप्रसाद साहको भन्दा दोब्बर बढी मत ल्याए । साहले ८ हजार २ सय ८२ मत ल्याएका छन्। तेश्रोमा रहेका लोसपाका सरोजकुमार मण्डलले ६ हजार १ सय ३२ मत ल्याएका छन्।

    त्यस्तै सप्तरी प्रदेश सभा २ मा महेशप्रसाद यादव निर्वािचत भएका छन्। जनमत पार्टीका यादवले १३ हजार ३ सय २५ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका उमेश यादवले ७ हजार २३ मत पाए । जसपाका लक्ष्मण यादवले ५ हजार ६ सय २१ मत ल्याएका छन्।

    यो क्षेत्रमा प्रतिनिधि सभामा पनि सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अघि छन्। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार