Sajha Post
विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेलहरु हुँदैछन् । 

पहिलो खेलमा समूह 'एफ' मा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । साविक उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।  

यस्तै दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह 'ई' मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

nepatop

तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार स्पेन र कोस्टारिकाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

त्यस्तै बुधबार हुने चौंथो खेलमा बेल्जियमले क्यानडाको सामना गर्नेछ । समूह 'एफ' मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update