Sajha Post
परिजिता बास्कोटा अमेरिकाको रियालिटी शो ‘द भ्वाइस’  को अन्तिम १० मा 

काठमाडौं । नेपालीमूलकी परिजिता बास्कोटा अमेरिकाको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’को अन्तिम १० मा प्रवेश गरेकी छन् । उनी दर्शकको मतका आधारमा अन्तिम १० मा प्रवेश गरेकी हुन् । 

जोन लिजेन्ड समूहमा रहेर प्रतिस्पर्धा गरिरहेकी उनले एडेलको गीत ‘अल आइ आस्क’ बोलको गीत गाएकी थिइन् । उनको उक्त गीतलाई पनि जजहरुले प्रशंसा गरे । 

अन्तिम १३ को प्रतिस्पर्धामा गाउँदा परिजिताले कालो सारी र ब्लाउज लगाएकी थिइन् । पहिरनको कारणले पनि उनलाई नेपाल र भारतीय समुदायबाट आकर्षण मिलिरहेको बताइएको छ ।

भिडियो सन्देश जारी गर्दै परिजिताले आगामी चरणका लागि भोट गर्न दर्शकलाई आग्रह गरिरहेकी छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update