शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

ओखलढुंगामा एमालेका यज्ञराजसँग कांग्रेसका रामहरिले हारको बदला लिए

ओखलढुंगामा एमालेका यज्ञराजसँग कांग्रेसका रामहरिले हारको बदला लिए

प्रदेश १ को पहाडी जिल्ला ओखलढुंगाबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनबाट उमेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले चुनाव जितेका हुन् । 

साझा पोष्ट
बुधबार, मंसिर ७ २०७९
  • images
    ओखलढुंगामा एमालेका यज्ञराजसँग कांग्रेसका रामहरिले हारको बदला लिए
    images

    काठमाडौं । प्रदेश १ को पहाडी जिल्ला ओखलढुंगाबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनबाट उमेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले चुनाव जितेका हुन् । 


    images
    images

    खतिवडाले नेकपा एमालेका यज्ञराज सुनुवारलाई पराजित गरे । खतिवडाले ३३ हजार ५५६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरेका छन् । 

    खतिवडा ०७४ को निर्वाचनमा सुनुवारसँग पराजित भएका थिए । ०७० को निर्वाचनमा भने २ निर्वाचन क्षेत्र भएको जिल्लामा खतिवडा र सुनुवार दुवैले जितेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार