Sajha Post
बारा ४ बाट नेकपा एसका किसान श्रेष्ठ निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) विजयी भएका छन् ।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन् । श्रेष्ठले २० हजार २ सय ९१ मत ल्याए भने मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरे । मियाँ यस अघि लोसपाबाट यही क्षेत्रबाट २०७४ मा संघीय संसदमा निर्वाचित थिए । यसपालि एमालेमा प्रवेश गरी उनी चुनावी मैदानमा थिए ।

पूर्व श्रम मन्त्रीसमेत रहेका श्रेष्ठ नेकपा समाजवादीका केन्द्रीय सदस्यसँगै सत्ता गठबन्धन तर्फबाट उम्मेदवार थिए । व्यापारी पृष्ठभूमिका श्रेष्ठ तनहुँका हुन् । उनी यसअघि तनहुँबाट नेकपा एमालेबाट प्रत्यक्षतर्फ संघीय संसदमा विजयी भएका थिए ।

nepatop

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update