Sajha Post
विश्वकप फूटबलमा स्पेनले कोस्टारिकालाई ७-० ले हरायो  

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले शानदार  शुरुवात गरेको छ ।

बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७–० ले हराउँदै स्पेनले विजयी शुरुवात गरेको हो । 
विश्वकपमा स्पेनले पहिलो पटक ७ गोलको फराकिलो जित निकाल्यो 

अल थुमामा स्टेडियममा स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाको नाममा एक एक गोल रह्यो । स्पेनले पहिलो हाफमा तीन र दोस्रो हाफमा चार गोल गर्यो । 

nepatop

यस जितसँगै स्पेनले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।समूह 'ई' को स्पेन शीर्ष स्थानमा छ ।हारबाट विश्वकपको सुरुआत गरेको कोस्टारिका पुछारमा छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update