शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

विश्वकपमा बेल्जियमले विजयी शुरुवात गर्दा क्रोएसिया बराबरीमा रोकियो

विश्वकपमा बेल्जियमले विजयी शुरुवात गर्दा क्रोएसिया बराबरीमा रोकियो

साझा पोष्ट
बिहीबार , मंसिर ८ २०७९
  • images
    विश्वकपमा बेल्जियमले विजयी शुरुवात गर्दा क्रोएसिया बराबरीमा रोकियो
    images

    काठमाडौं । बेल्जियमले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी शुरुरुआत गरेको छ ।


    images
    images

    अहमद बिन अलि स्टेडियममा बुधबार राति क्यानडालाई १-० गोल अन्तरले हराउँदै बेल्जियमले सुखद शुरवात गरेको हो ।


    बेल्जियमलाई जित दिलाउन मिसी बात्सुयीले निर्णायक गोल गरे ।उनले खेलको ४४ औं मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् । जुन गोल बेल्जियमको जितमा निर्णायक बन्यो ।

    त्यसअघि क्यानडा पेनाल्टीमा चुक्दा सुरुआती अग्रता बनाउन असफल भएको थियो ।खेलको ११ औं मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरे ।

    बेल्जियमका यान्निक कारास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । तर, पेनाल्टीमा डाभिस सफल भएनन् ।

    समूह एफ कै अर्को खेलमा  मोरक्को र क्रोएसियाले बराबरी खेल्दै अंक बाँडेका छन् ।अल बायत स्टेडियममा बुधबार भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

    morakko vs croatia1669264480.jpg

    प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर पाएपनि  गोल गर्न सकेनन् ।साविक उपविजेता क्रोएसियाले बलमा पकड जमाएको थियो । तर, थुप्रै अवसर सिर्जना गरेपनि क्रोएसिया गोल गर्न सफल भयो । 

    जितसँगै बेल्जियम समूहको शीर्ष स्थानमा छ । क्रोएसिया शीर्ष स्थानमा  छ ।मोरक्को १ अंक जोडेर तेस्रो स्थानमा  छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको क्यानडा पुछारमा  छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार