
काठमाडौं । शहरी विकासमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी एमाले महासचिव शंकर पोख्रेलकाे पराजय पछि कडा टिप्पणी गरेका छन् ।
दाङ क्षेत्रनंबर २ मा पोख्रेलले हारेपछि चौधरीले खुशी व्यक्त गर्दै पोख्रेलमाथि प्रहार गरेका हुन् । उनले पोख्रेललाई 'प्रतिगामी /पश्चगामी'का मुख्य मतियार भनेका छन ।
उनले फेसबुकमा लेखेका छन- दाङको २ नं जितियो । प्रतिगामी / पश्चगामीका मुख्य मतियारको हार भयो । नेपालको राजनीति जहिले नि प्रगतिशिलहरू जित्ने सस्कृति छ । बधाई छ - निष्कलंक ब्यक्ति रेखा शर्मालाई '
एमाले महासचिव पोख्रेल माओवादीकी रेखा शर्मासँग झिनो मतले हारेका छन ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय