शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

राजावादी लिङ्देनसँग फेरि हारे गणतन्त्रवादी सिटौला

राजावादी लिङ्देनसँग फेरि हारे गणतन्त्रवादी सिटौला

काठमाडौं । झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।  अन्तिम मतगणनाअनुसार लिङ्देनले ४० हजार ६४८ मत पाएका छन् .

साझा पोष्ट
बिहीबार , मंसिर ८ २०७९
  • images
    राजावादी लिङ्देनसँग फेरि हारे गणतन्त्रवादी सिटौला
    images

    काठमाडौं । झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । 


    images
    images

    अन्तिम मतगणनाअनुसार लिङ्देनले ४० हजार ६४८ मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए । लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो ।

    २०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ लिएर सिटौलालाई हराएका थिए । लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो । २०७० सालमा चाहिँ सिटौलाले लिङ्देनलाई हराएका थिए ।
    राजावादी लिङ्देनले लगातार दोस्रो पटक गणतन्त्रवादी एमालेको भोट लिएर गणतन्त्रवादी सिटौलालाई पराजित गरे । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार