Sajha Post
एमाले उपाध्यक्ष पाण्डेलाई हराउँदै चितवन १ मा स्वतन्त्रका हरि ढकाल निर्वाचित 
nepatop

काठमाडौं । चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल निर्वाचित भएका छन् । अन्तिम मतगणनाअनुसार उनले ३४ हजार १८९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमाालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् । 

पाण्डे नेकपा एमालेका उपाध्यक्षसमेत हुन् भने पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update