Sajha Post
कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित
nepatop

काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीलाई  पराजित गर्दै श्रेष्ठ निर्वाचित भएकी हुन् ।

श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा राम जनम चौधरीले १८ हजार ८ मत मात्र पाए । उनीहरु बीचको मतान्तर १२ हजार ३२३ रहेको छ । यस्तै नेकपा एमालेका उम्‍मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत ल्याए ।

२०७४ सालमा टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीले भूमिगत अवस्थामै ३४ हजार बढी मतले यो क्षेत्रबाट जितेका थिए । कारागारमै रहेका बेला चौधरीले केही महिना अघि मात्र श्रीमती श्रेष्ठको अध्यक्षतामा पार्टी खोलेका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update