Sajha Post
कतार विश्वकप : स्विट्जरल्यान्डको विजयी सुरुवात

काठमाडौं । स्विजरल्यान्डले कतारमा जारी फिफा विश्वकप २०२२ मा विजयी सुरुवात गरेको छ । ब्रिल इम्बोलोको गोलमा क्यामरुनलाई १–० गोलले  पराजित गर्दै स्विजरल्याण्डले विजयी सुरुवात गरेको हो ।

 

अल जानोउब स्टेडियममा सम्पन्न समूह ‘जी’ को पहिलो खेलमा स्विजरल्यान्डलाई जित दिलाउन इम्बोलोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८औं मिनेटमा इम्बोलोले गोल गर्दै स्विजरल्यान्डलाई अग्रता दिलाएका थिए ।

nepatop

क्यामरुनले खेलको अन्तिम समयसम्मपनि थुप्रै गोल गर्ने अवसर सृजना गरेपनि त्यसलाई गोलमा परिणत गर्न भने सकेन ।
जितसँगै स्विजरल्यान्डले समूह ‘एच’ मा तीन अंक जोडेको छ । आजै राती १२ः४५ हुने समूह ‘जी’ को दोस्रो खेलमा ब्राजित र सर्विया प्रतिस्पर्धा गर्दैछन् । त्यसअघि पोर्चुगलले घानाको सामना गर्दैछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update